थप ३ हजार १६७ जनामा कोरोना पुष्टि - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

थप ३ हजार १६७ जनामा कोरोना पुष्टि

साइनो समाचारदाता
काठमाडौँ । बितेको २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका छन् ।

यस्तै हालसम्म कोरोना निको हुनेको संख्या ८९ हजार ८४० पुगेको छ । मन्त्रालयका प्रवक्ता डा गौतमले दिएको जानकारी अनुसार बितको२४ घण्टामा १५,४३८ जनाको पीसीआर भएको छ भने हालसम्म पीसीआर परीक्षण हुनेको कुल संख्या १२ लाख ६९ हजार ६०५ पुगेको छ । यसैगरी आज १२ जनाको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७२७ पुगेको छ ।

सम्बन्धित खवर