चार लाख घुससहित प्रहरी हवल्दार दम्पति पक्राउ - Sainokhabar

चार लाख घुससहित प्रहरी हवल्दार दम्पति पक्राउ

साइनो समाचारदाता
बुटवल । चार लाख रुपैयाँ घुससहित इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी हवल्दार शिवचन्द्र सहनी शुक्रबार पक्राउ परेका छन् । हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाइदिन सहयोग गरेवापत घुस मागिरहेको विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार सहनीलाई पक्राउ गरेको हो ।

सहनीसँगै उनकी श्रीमती निर्मला केवट पनि पक्राउ परेको अख्तिया प्रवक्ता तारानाथ अधिकारीले बताए । घुसबापतको रकम लिइसकेको अवस्थामा सियारी गाउँपालिका ७ खनाल मिठाइ पसलनजिकबाट उनीहरुलाई रंगेहात पक्राउ गरिएको अधिकारीले बताए ।

सम्बन्धित खवर