मुक्ति दाहाल मृत्यु प्रकरण–विद्यार्थी आन्दोलनमा झडप, प्रहरीले नै बनायो उत्तेजीत - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

मुक्ति दाहाल मृत्यु प्रकरण–विद्यार्थी आन्दोलनमा झडप, प्रहरीले नै बनायो उत्तेजीत

साइनो समाचारदाता
पथरी । मोरङको उर्लाबारी ३ स्थित मंगलबारेमा मुख्य कार्यालय रहेको मदन भण्डारी प्रतिष्ठानका कर्मचारी मुक्ति दाहाल मृत्यु प्रकरणको १३ वितिसक्दा पनि दोसि माथि अनुसन्धान नथालीएको भन्दै विद्यार्थीहरु आन्दोलित बनीरहेका छन् ।

झापाको दमकस्थित ताराबारीमा रहेको प्रतिष्ठानको शाखा कार्यालयमा मृत अवस्थामा भेटिएका दाहालमाथि प्रतिष्ठानका निर्देशक गुरु बराल र बिनोद अर्यालले मानसिक यातना दिएको र सोही कारण दाहालले मृत्यु रोज्नु परेको स्थानिय र विद्यार्थीको आरोप रहेको छ । दाहालको शव भेटिएपछि परिवार र विद्यार्थी तथा स्थानियले घटनाको छानबिनका लागि अर्याल र बराललाई पक्राउ नगरुन्जेल शव नउठाउने अडान राखेपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनिहरुलाई नियन्त्रण लिइसकेको झुटो आश्वासन दिँई शव उठनउन लगाइएको थियो ।

तर शवको दाहशंस्कार कार्य सम्पन्न भइसकेपछि उनिहरुलाई कहिँ पनि नियन्त्रणमा नलिइएको प्रहरी स्रोतबाट खुलेको थियो । यसरी प्रहरी प्रशासननै घटनालाई दवाउन लागेको आरोप लगाउँदै त्यसको भोलिपल्टैदेखि आन्दोलनका कार्यक्रहरु राखिएको थियो । मंगलबारेमा प्रदर्शनका क्रममा महिलामाथि प्रहरीले दुब्र्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा प्रहरीको चर्को आलोचना भएको थियो । उक्त घटनाको केही दिन बित्न नपाउँदै त्यही आन्दोलनमा प्रहरीले संयमता गुमाउँदा विद्यार्थी र प्रहरीबिच केही घण्टा घम्साघम्सी चलेको हो ।

संयमता गुमाउँदै विद्यार्थीलाई प्रहरीले नै उत्तेजित बनायो

शुक्रबार झापाको दमकस्थि मदन भण्डारी प्रतिष्ठानमा विद्यार्थीहरुले विरोध कार्यक्रम राखेका थिए । शान्तिपूर्ण विरोध कार्यक्रम तब अनियन्त्रीत बन्यो जब बिरोध कार्यक्रमका संयोजक साजन कुँवरमाथी तिनजना युवाले घाँटीमा समाएर कुटपिट गरे ।

कुँवरमाथी कुटपिट गर्ने ति तिन युवा प्रहरी नै भएको बताइएपनि नत उनीहरु बर्दिमा थिए नत सञ्चारकर्मिले उनको परिचयपत्र माग्दा देखाउन नै सक्यो । बरु उनको भिडियो खिच्ने र महिला बिद्यार्थीमाथि हातपात गर्ने प्रहरीको भिडियो खिचेको झोँकमा ३ जना सञ्चारकर्मिको मोवाइल नै खोसियो । उनिहरुको हाउभाउ हेर्दा प्रहरीले नै आन्दोलन दबाउन गुण्डा प्रयोग गरिए जस्तो देखिन्थ्यो ।

यसरी बलेको आगोमा घ्यू थप्ने काम प्रहरी र ति तिन युवाले गरेपछि विद्यार्थीको उत्तेजनालाई प्रहरीको ज्यादतीले रोक्न नसक्ने अवस्था आयो । यति मात्र हैन विद्यार्थी उत्तेजित बन्नुको कारण महिला प्रहरी त्यहाँ नहुनु र पुरुष प्रहरीले नै महिला प्रहरीमाथि जथाभावि शरिरका विभिन्न भागमा हातपात गर्नुले पनि विद्यार्थीलाई थप उत्तेजीत बनाउन मद्धत पुर्याएको थियो ।

सम्बन्धित खवर