पथरीमा कर कार्यालय शुरु - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

पथरीमा कर कार्यालय शुरु

साइनो समाचारदाता
पथरी । आन्तरिक राजस्व बिभाग आन्तरिक राजस्व कार्यलय विराटनगरको करदाता सेवा मोरङको पथरीशनिश्चरेमा सुरु भएको छ । असोज २८ गते बुधबारका दिन पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यमा अनौपचारीक उद्घाटन कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा पहिलो करदाता पथरी उद्योग बाणिज्य संघका अध्यक्ष दिपक बस्नेतले सुरु गरेका थिए । हाल कार्यालयबाट करचुक्ता, ब्यक्तिगत तथा ब्यवसायीक प्यान लगायतका सेवाहरु प्रदान गरिने कर अधिकृत कमल मैनालीले जानकारी दिए । सेवाकेन्द्रबाट पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ, कानेपोखरी आसपासका सेवग्राहीले सेवा लिन सक्ने उद्योग बाणिज्य संघ पथरीका अध्यक्ष दिपक बस्नेतले बताए । अनौपचारीक कार्यक्रममा वडाध्यक्ष बाबुराम ऐङ्देन, वडा नं ७ का वडाध्यक्ष कपिलमणी ढकाललगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर