नेपाली युवा चित्रकुमार कार्कीले तोडे अमेरिकीको रेकर्ड - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

नेपाली युवा चित्रकुमार कार्कीले तोडे अमेरिकीको रेकर्ड

साइनो समाचारदाता । उदयपुर गाईघाटका चित्रकुमार कार्कीले अमेरिकीले बनाएको विश्व रेकर्ड तोडेका छन् । जोन पेरी टक्सन एरिजोना अमेरीका बाट १ डिसेम्बर २०१९ मा मस्ट अल्टरनेटिभ हिट्स विथ अ टेनिस र्याकेट इन ३० सेकेन्डमा ९७ स्कोर गरेर टाइटलमा राखेको गिनिज विश्व रेकर्ड लाई उदयपुरको गाईघाटका चित्रकुमार कार्कीले सो विश्व रेकर्ड ३० सेकेन्डमा १०२ स्कोर गरेर उनको विश्व रेकर्ड आफ्नो नाउमा दाबी गरेको हुन ।

आइतवार वल्र्ड रेकर्ड फाउन्डेसनको सभाहलमा भएको कार्यक्रममा कार्कीले सो स्कोर बनाउन सफल भएको थिए । उक्त कार्यक्रममा अल्ट्रा ग्रुपका प्रतिनिको प्रमुख अतिथ्यतामा भएको हो । फ्याल्यास टेनिस एकेडेमीका अध्यक्ष श्रवण कार्की नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय महासचिव हरि रेग्मी लगाएतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर