होम आइसोलेसनमा वृद्धाको मृत्यु - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

होम आइसोलेसनमा वृद्धाको मृत्यु

साइनो समाचारदाता । जिल्लामा होम आइसोलेसनमा रहेकी एक वृद्धाको मृत्यु भएको छ । कालिका नगरपालिका वडा नं १ खुकुरी चोक बस्ने वर्ष ८५ की उनको आज निधन भएको हो ।

इलाका प्रहरी कार्यालय टाँडीका अनुसार यही असोज २२ गते चितवन मेडिकल कलेजमा स्वाब परीक्षण गर्दा २३ गते कोरोना सङ्क्रमण पोजेटिभ देखिएकी उनी घरमा नै आइसोलेसनमा बस्दै आएकी थिइन् । श्वासप्रश्वासमा समस्या देखिएको उनको आज दिउँसो ४ बजे मृत्यु भएको हो ।

रासस

सम्बन्धित खवर