प्रकाश कुमार फोम्बोको स्मृतिमा चासोक स्थलमा सेल्फि चौतरा बन्ने, शिल्यान्यास सम्पन्न - Sainokhabar
  • बुधबार, कार्तिक १२, २०७७

प्रकाश कुमार फोम्बोको स्मृतिमा चासोक स्थलमा सेल्फि चौतरा बन्ने, शिल्यान्यास सम्पन्न

साइनो समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारी—९ आम्बारी मोरङ स्थित निर्माणधिन चासोक तङ्नाम स्थलमा स्वर्गीय प्रकाश कुमार फोम्बोको स्मृतिमा सेल्फि चौतारा बन्ने भएको छ । करिब ३ लाख लगानीमा बन्ने सो चौतारोलाई चासोक तङ्नाम स्थलको आकर्षकको रुपमा स्थापित गरिने भएको छ ।  १५ फिट बायोमिटर को गोलाकार सेल्फी चौतारोको आज शिल्यान्यास गरिएको छ ।

स्वर्गीय प्रकाश कुमार फोम्बोको स्मृतिमा उक्त चौतारो उहाँको भाइ इन्जिनियर नवीन फोम्बाले निर्माण गरिदिन लाग्नु भएको चौताराको शिल्यान्यास गरिएको हो । कार्यक्रमका प्रमुख अतिथी किरात मोरङ जिल्ला अध्यक्ष बिबेक योङ्या लिम्बू लगायतले शिल्यान्यास गर्नुभयो ।

सो चौतारा बनेपछि चासोक स्थलमा अझ आकर्षण थपिने बताइएको छ । समितिको अध्यक्ष योबाहाङ तुम्बाहाङ्फे को सभापतिमा सन्चालित शिलान्यास कार्यक्रम समितिको सचिव अमर सेलिङ ले संचालन गर्नुभएको थियो । कार्यक्रममा स्थानीय समाजसेबीहरु सुरेन्द्र सेर्मा , कर्ण मादेम्बा , धिमाल जाती बिकास केन्द्रको प्रतिनिधि सोमबहादुर धिमाल , राजघाट स्वास्थ चौकी को प्रमुख सन्दिप नयोहाङ लिम्बू , मदन मादेम्बा , भक्त पङ्धाक आदिको उपस्थिति रहेकोे थियो।

कार्यक्रमका प्रमुख अतिथी किरायु मोरङका अध्यक्ष बिबेक लिम्बूले राज्य पक्षबाट पनि कलासंस्कृतिमाथि प्रहार भईरहेको बताउदैं संरक्षण र सम्बद्र्धनमा जुट्नु पर्नेमा जोड दिनुभयो । उहाँले सो चौतारालाई लिम्बू संस्कृतिमा आधारित नामबाट राख्न आग्रह गर्दै पश्चिमी कलासभ्यता नयाँ पुस्ताले सिको गर्दा कलासंस्कृति लोभ हुदै गएको ठहर गर्नुभयो । लिम्बुले भन्नुभयो, हाम्रा रितिरिवाज कलासंस्कृति नयाँ पुस्तामा हस्तान्तरण गर्दै लान आवश्यक छ, अनि मात्र भाषा कलाको संरक्षण हुन सक्छ ।

को हुन् प्रकाश कुमार फोम्बो ?

चासोक तङ्ताङ संरक्षण समिती विदेश बिभाग संयोजक रवि मादेन लिम्बूका अनुसार स्व. प्रकाश कुमार फोम्बोको वि.स. २०२६ साल असोज २६ गते वुवा हरिकुमार फोम्बो तथा आमा रुपामाया इजम फोम्बो को कोखबाट तत्कालीन राजघाट ७ कुलझोडामा हाल उर्लाबारी ९ मोरङमा जन्म भएको थियो । उहाँले श्री अरनिको उच्च माबि दुर्गापुरी बाट अध्यन शुरु गरि प्रावी तहको शिक्षा लिनुभएको थियो ।

त्यसैगरी श्री राधिका उच्च मावी उर्लाबारी बाट एस एल सि उतिर्ण गरि वि.स. २०४५ सालमा सरस्वती बहुमुखी क्यापस काठमाडौ बाट आइ ए उत्तिर्ण गर्नुभयो । त्यसपछी पुनः गाँउमै फर्किनु भै उर्लाबारी को दुर्गा टाकिज हल मा सन्चालक भएर काम गर्नु भयो । वि.स. २०५१ सालमा वहाँ हङकङ प्रस्थान गरि उतै परिवारको साथ बस्दै आउनु भएको थियो तर दैवको लिला वहालाइ उच्च रक्तचाप को कारण वि.स. २०७२ साल साउन २२ गते स्वर्गरोहण हुनु भयो ।

वहाको श्रीमती फुङ्लिङ ताप्लेजुङ निवासी आरती मादेन फोम्बो हाल हङकङ रहदै आउनु भएको छ । वहाको एक छोरा आकाश फोम्बो र एक छोरी लिसा फोम्बो हुनुहुन्छ । अमाली साइला गाउले नाम ले परिचित फोम्बो परिवार एक असल समाजसेवि हुनुहुन्छ ।उक्त आकर्षक चौतारो निर्माण को लागि उर्लाबारी ८ दुर्गापुरी निवासी कन्चन फोम्बो लिम्बू ज्युले प्रमुख सहजीकरण गर्नु भएको छ भने स्थलगत सहजीकरण र निर्माण कार्य भुमिका चासोक तङ्ताङ संरक्षण समिती विदेश बिभाग संयोजक रवि मादेन लिम्बू ले गर्दै आउनु भएको छ ।

चासोक स्थल लाई अझ भौतिक रूपमा ब्यवस्थापन गर्न देश विदेश वाट आर्थिक सहयोग गर्न चासोक तङ्नाम संरक्षण समितिको अध्यक्ष योबाहाङ तुम्बाहाङ्फे र रवि मादेन लिम्बू ले अपिल गर्नुभयो ।

 

भिडियो :

 

सम्बन्धित खवर