आकस्मिक बाहेक अन्य अप्रेशन नगर्न सरकारको निर्देशन - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

आकस्मिक बाहेक अन्य अप्रेशन नगर्न सरकारको निर्देशन

साइनो समाचारदाता
काठमाडौं । आकस्मिक बाहेकका बिरामीको अप्रेशन नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमितको संख्या उच्च भएका कारण आकस्मिक बाहेकका अन्यको अप्रेशन नगर्न निर्देशन दिइएको हो ।

नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जोगेश्वर गौतमले आकस्मिक बाहेकका बिरामीको अप्रेशन नगरे कोरोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा लिएको बताए ।

 

सम्बन्धित खवर