थप ४०४७ जनामा कोरोना संक्रमण - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

थप ४०४७ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ५३० जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आजसम्म देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ९२३ र होम आइसोलेशनमा १९ हजार ९५७ जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४७३ जना कोरोनामुक्त भएपछि हालसम्म निको हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको गौतमले जानकारी दिए ।

सम्बन्धित खवर