पिएल टिभीद्वारा आयोजित गायन प्रतियोगितामा पथरीका टेकेन्द्र बिजयी - Sainokhabar
  • बुधबार, कार्तिक १२, २०७७

पिएल टिभीद्वारा आयोजित गायन प्रतियोगितामा पथरीका टेकेन्द्र बिजयी

साइनो समाचारदाता
पथरी । पिएल टिभी एचडीले आयोजना गरेको पिएल टिभी मेघा स्टार गायन अनलाइन प्रतियोगिताको उपाधी मोरङ पथरी शनिश्चरे २ का टेकेन्द्र गुरुङले हात पारेका छ्न । शनिबार पथरी शनिश्चरेमा अवस्थित पिएल टिभी एचडीको कार्यालयमा भएको फाइनलमा गुरुङले उपाधीसंगै नगद १५ हजार रूपैयाँ, एउटा गित रेकर्डिङ र एउटा म्युजिक भिडियो निर्माणको अवसर गरेका छन् ।

पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पिएल टिभीका प्रबन्ध निर्देशक अनुप योन्जनको अध्यक्षता रहेको थियो । कार्यक्रमका सभाध्यक्ष योन्जनले विजेतालाई पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा शैक्षीक अभियान्ता प्रदिपकुमार राई, सुमन बि.क, भुपेन रनपहेलीलगायतको उपस्तिथि रहेको थियो ।

देश तथा विदेशमा रहेका २५० जना प्रतियोगी सहभागी रहेको अनलाइन कार्यक्रमको टप ५ मा काठमाडौंका सिद्धार्थ बज्रचार्य,स्‍मृति शेर्पा र मोरङ्का अबिशेक लिम्बू, संगिता गहतराज र टेकेन्द्र गुरुङ छानिएका थिए।कार्यक्रमको निर्णयकहरुमा वरिष्ठ संगितकार कृष्ण योन्जन, महेश ज्ञवाली र गायक रविन कङ्दङ्वा रहेका थिए।

कोरोनाको संक्रमणको बेला गायनको तवरले मानसिक तनाब कम गर्ने उद्देश्य र नवप्रतिभाको खोजीका लागि अनलाइन माध्यमबाट भएपनि कार्यक्रम गरिएको पिएल टिभीका प्रबन्ध निर्देशक अनुप योन्जनले बताउनुभयो । विजेतालाई बधाई दिदै,कला र नवप्रतिभालाई नगरले सधैं साथ र सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाउँदै यसको बिकासका लागि सम्पूर्णलाई एक्यवद्धता भएर लाग्न समेत अनुरोध गर्नुभयो।

सम्बन्धित खवर