मदन भण्डारी प्रतिष्ठानमा विद्यार्थीद्धारा ताला, प्रहरीद्धारा छात्रामाथि हातपात (भिडियो सहित) - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

मदन भण्डारी प्रतिष्ठानमा विद्यार्थीद्धारा ताला, प्रहरीद्धारा छात्रामाथि हातपात (भिडियो सहित)

साइनो समाचारदाता
पथरी । मदन भण्डारी स्मृति प्रतिष्ठानमा विद्यार्थी समुहले ताला लगाएका छन । मदन भण्डारी स्मृति प्रतिष्ठानका कर्मचारी मुक्तीनाथ दाहालको न्यायको माग गर्दै प्रतिष्ठान पुगेका विध्यार्थीले ताला लगाएका हुन ।

प्रशासन तथा लेखा प्रमुख मुक्तीनाथ दाहालको न्यायको माग गर्दै प्रतिष्ठान पुगेका विद्याार्थी माथि प्रहरीले हातपात गरेको छ । जननेता मदन भण्डारीको नामबाट संचालित मोरङको उर्लावारी ३ मा अवस्थीत मदन भण्डारी स्मृति प्रतिष्ठानमा १९ गते दाहालले आत्महत्या गरेका थिए । प्रतिष्ठानमा १९ गते देखि स्थानीय र विद्यार्थी र कर्मचारीहरु अध्यक्ष गुरु बराल र कार्यकारी अधिकृत विनोद अर्यालको राजिनामाको माग गर्दै आन्दोलीत छन ।

प्रतिष्ठानमा पुगेका विद्यार्थी माथि ईलाका प्रहरी कार्यलय उर्लावारीका निरिक्षक उद्धव पोख्रेल सहितको टोलिले दुब्र्यबहार गरेको थियो । शान्तिपुर्ण आन्दोलन गर्दै प्रशासनमा ताला लगाउन पुगेका विद्यार्थीलाई प्रहरीले हस्तक्षेप गरेपछी विद्यार्थी र प्रहरी बिच केहीबेर झडप भएको थियो । प्रतिष्ठानका अध्यक्ष गुरु बराल र कार्यकारी अधिकृत विनोद अर्यालको दवावका कारण प्रशासन तथा लेखा प्रमुख मुक्तिनाथ दाहालले आत्माहत्या गर्न बाध्य भएको विद्यार्थी र स्थानियले आरोप तगाएका छन ।

७ दिन वितिसक्दा पनि प्रतिष्ठानले गरेको संझैता कुनै अघि नसरेको भन्दै प्रतिष्ठानमा अध्यनरत विद्यार्थीले प्रेस विज्ञप्ती मार्फत अध्यक्ष बराल र कार्यकारी अधिकृत अर्यालको राजिनामा सहित निलम्बनको माग गरेका छन । शान्त्तिपुर्ण आन्दोलन गर्दै प्रशासनमा ताला लगाउन पुगेका विद्यार्थी माथि शैशिक संस्था भित्रै प्रबेश गरि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको लाठिचार्जबाट विध्यार्थीहरुमा चोटपटक लागेको छ ।

मुक्तीनाथ दाहालको परिवारलाई प्रतिष्ठानले झुटो आश्वाशन दिएको भन्दै कर्मचारी समेत आन्दोलित छन । विद्यार्थीको आन्दोलनमा साथ दिन आएका कर्मचारीले सत्य तथ्य अनुसन्धानको माग गर्दै प्रतिष्ठानले पिडित परिवार संग गरेको सम्झौता चाडो पुरा गर्नु पर्ने विज्ञप्ती निकालेको छ । कर्मचारीको साथ पाएका विद्यार्थीले प्रहरीकै अगाडि कार्यकारी अधिकृत विनोद अर्यालको कक्षा कोठामा ताला लगाएका छन ।

छात्रा बिध्यार्थी माथी प्रहरीले दुव्र्यवहार गरे पछि विद्यार्थीले प्रतिष्ठानको तल्लो गेटमा तोडफोड गरेका छन । प्रहरीले हस्तक्षेप गरेपछी विद्यार्थीले प्रतिष्ठानको तल्लो पटिको गेट फोडेर प्रशासन पुगेर ताला लगाउन खोज्दा छात्राहरुमाथी प्रहरीले दुब्र्यबहार गरेका हुन ।आान्दोलनरत बिध्यार्थी र प्रहरीबिच पटक पटक झडप भएको थियो भने प्रतिष्ठानका पधाधिकारीहरु कोहि पनि निस्किएनन् । मोरङको उर्लावारी ३ मा मुख्यालय रहेको प्रतिष्ठानको झापाको दमक नगरपालिका ४ ताराबारीमा संचालित बहुप्राविधिक शिक्षालयमा प्रतिष्ठानका प्रशासन तथा लेखा प्रमुख मुक्तिनाथ दाहालले सोमबार कक्षा कोठामा झुण्डिएर आत्महत्या गरेका थिए ।

अर्याल यस अघि विमा कम्पनीमा कार्यरत थिए । अर्यालले बीमा समितिमा कार्यकारी निर्देशक नियुक्ति लिंदा उनी अर्याल कन्स्ट्रक्सन ट्रेडिङ एण्ड कन्सल्टेन्सी र वृष्टि टुर्स एण्ड ट्राभल जस्ता कम्पनीको सञ्चालक थिए । बीमा समितिमा नियुक्ति पाएपछि सूचना लुकाएका कारण २०७० सालमा बीमा समितिले अर्याललाई स्पष्टिकरण सोध्दै बर्खास्त गरेको थियो । अर्यालले दाहाललाई खाली चेकमा हस्ताक्षर गर्न लगाएर आत्महत्या गर्न बाध्य बनाएको परिवारको दाबि छ ।

सम्बन्धित खवर