लकडाउन अबज्ञा गर्नेलाई भाटेकारबाही गर्ने मेयर फागोलाई कोरोना - Sainokhabar
  • बुधबार, कार्तिक १२, २०७७

लकडाउन अबज्ञा गर्नेलाई भाटेकारबाही गर्ने मेयर फागोलाई कोरोना

साइनो समाचारदाता
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोलाई कोरोना संक्रमण पुष्टि भएको छ । लकडाउनको समयमा लकडाउन अबज्ञा गर्नेलाई आफै फिल्डमा निस्कि भाटेकारबाही गरेपछि देशभरका नागरीकबाट वाहवाही कमाएका मेयर फागोलाई आज कोरोना संक्रमण देखिएको हो ।

आफ्ना सवारी चालक इन्द्र आपागाईलाई कोरोना संक्रमण देखिएपछि उनि केही दिनदेखि होम क्वारेन्टाइनमा बसेका थिए । उनिसँगै नगरपालिकाका स्वास्थ्य शाखा संयोजक सुरेश खड्कालाई पनि कोरोना पुष्टि भएको छ ।

सम्बन्धित खवर