आजमात्रै ५ हजार ८ जना संक्रमित थपिए - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

आजमात्रै ५ हजार ८ जना संक्रमित थपिए

साइनो समाचारद
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार ८१८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । जसमा संस्थागत आइसोलेशनमा १३ हजार ६५४ र होम आइसोलेशनमा १७ हजार १६४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १९ हजार ३२० जनाको पीसीआर परीक्षण भएकामा ५ हजार ८ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा यतिधेरै संक्रमित भेटिएर नयाँ रेकर्ड कायम भएको छ ।

सम्बन्धित खवर