पथरी हस्पिटल र मोरङ डायग्नोष्टिकका सञ्चालकमा कोरोना - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

पथरी हस्पिटल र मोरङ डायग्नोष्टिकका सञ्चालकमा कोरोना

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा अवस्थित मोरङ डायग्नोस्टिक सेन्टरका सञ्चालक रामकाजि थापालाई कोरोना संक्रमण देखिएका कारण अस्पताल भर्ना भएका छन् । उनलाई श्वासप्रश्वासमा समस्या भएका कारण न्यूरो अस्पताल बिराटनगरको आइसोलेसनमा रहेको सञ्चालक घनश्याम कोइरालाले जानकारी दिए ।

थापाको रिपोर्टमा पोजेटिभ आएपछि पून परिक्षणका लागि रिपोर्ट पठाइएको नगरपालिकाका प्रबक्ता यामप्रसाद गुरागाईले बताए । यता अस्पतालका सञ्चालक तथा स्वास्थ्यकर्मिमा कोरोना संक्रमण देखिदा स्थानियहरु त्रासित । सञ्चालक र स्वास्थ्यकर्मिमा कोरोना देखिदा पनि अस्पताल खुल्लै रहेका कारण स्थानियहरुमा त्रास बढेको छ । पथरीशनिश्चरे नगरभित्रका २ अस्पताल पथरी हस्पिटलका सञ्चाल इश्वरी सापकोटा र मोरङ डायग्नोष्टिकका रामकाजि थापामा कोरोना पोजेटिभ देखिएको छ । सापकोटा र थापामा लक्षण देखिनासाथ उनिहरु होम आइसोलनमा रहेको हस्पिटलले बताएको छ ।

अस्पतालका अन्य कर्मचारीको रिपोर्ट भर्न नेगेटिभ आएको र अन्य कर्मचारीको पून परिक्षण गरि रिपोर्ट पोजेटिभ आएमा तत्काल अस्पताल बन्द गराउने नगरस्वास्थ्य संयोजक मुरारी आचार्यले बताए ।

केहि दिन अघि नगर अस्पतालका स्वास्थ संयोजक र कर्मचारीमा संक्रमण देखिए पछि नगर अस्पताल बन्द भएको थियो ।

सम्बन्धित खवर