गल्र्स पावर टिमको समाजिक काम, प्रहरी देखि विद्यार्थी सम्मलाई मास्क वितरण - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

गल्र्स पावर टिमको समाजिक काम, प्रहरी देखि विद्यार्थी सम्मलाई मास्क वितरण

सरोज निरौला
पथरी । कोरोना बाट आफु पनि बाँचौ अरुलाई पनि बचाउ भन्ने उदेश्य लिएर अगाडि बढेको स्वदेश तथा विदेशमा रहेका महिलाहरुको समुह गल्र्स पावर टिमले प्रदेश १ का ४ जिल्लामा निःशुल्क मास्क वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

टिमले प्रदेश १ का ४ जिल्ला ईलाम,झापा,मोरङ र सुनसरीमा ३ हजार ५ सय थान मास्क वितरण गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय ईलामलाई एक हजार, ट्राफिक प्रहरी कार्यालाय झापा लाई ५ सय मोरङ जिल्ला पथरी शनिश्चरे नगरपालिका ५ हसनदह स्थित अमरसिह माध्यमिक विद्यालयलाई ५ सय, जनता आधारभुत विद्यालय कानेपोखरी लाई ५ सय सुनसरी जिल्लाको सहिद स्मृती आधारभुत विद्यालय लाई ५ सय सुनसरीकै जनता माध्यमिक विद्यालयलाई ५ सयका दरले सर्जिकल मास्क वितरण गरिएको हो । कोहि पनि कोरोना संक्रमित नहुन सबैलाई सुरक्षीत राखौँ भन्ने उदेश्यका साथ समुहले नेपालका विभिन्न जिल्लामा सहयोग पुर्याएको ग्रुपकी झापा जिल्ला सदस्य अनिता लिम्बुले जानकारी दिईन ।

अहोरात्र जनताको सेवामा खट्ने प्रहरी कोरोना जोखिमको खतरामा रहेको कारण र सरकारी विद्यालयमा निम्न आय स्तर भएका विद्यार्थीहरु अध्ययन गर्ने भएकाले प्रहरी र विद्यार्थीलाई लक्षीत गरेर मास्क वितरण कार्यक्रम चलाईएको टर्कि बाट ग्रुप संयोजक सविना श्रेष्ठले जानकारी दिईन ।हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रहरी नायव निरीक्षक योगेन्द्र कमार दाहालले ‘यो अवस्थामा यस्तो सहयोग पाउनुले आहत मा रहत पुगेको बताउनुभयो । गाँउबाट सहर प्रवेश गर्ने यात्रीले मास्क नलगाइदिदा संक्रममण बढ्ने डर बढ्दै गएको अवस्थामा मास्क वितरण कार्यक्रमले प्रभावकारी भुमिका खेलेको बताउनुभयो । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका इन्चार्ज प्रकास जवेगुले सहयोगले कोरोना महामारीको यो अवस्थामा केहि हदसम्म भएपनि सहयोग पुग्ने आशा व्यक्त गर्दै सहयोगको लागी धन्यवाद ज्ञापन गर्नुभयो

यता विद्यालयको तर्फबाट मोरङ पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ५ हसनदहको अमरसिह माध्यमिक विद्यालयका प्राचार्य,डोमि शाह, जनता आधारभुत विद्यालय कानेपोखरीका प्राचार्य रमेश राउत, सुनसरी जिल्लाको सहिद स्मृती आधारभुत विद्यालयका प्रधानअध्यापक बिजेन्द्र निरौला र सुनसरीकै जनता माध्यमिक विद्यालयका सह प्रधानअध्यापक पशुपति सिग्देलले कोरोना महामारीकोे यस अवस्थामा सामुदायीक विद्यालयका विद्यार्थीलाई लक्षीत गरेर मास्क वितरण गरेको प्रति धन्यवाद दिँदै फेरिपनि यस्तै सहयोगको अपेक्षा राखेको बताए । समुहले विभिन्न जिल्ला लाई समेट्ने क्रम मा केही दिन अघि प्रदेश ३ तर्फ सिन्धुपाल्चोक मा समेत मास्क बितरण गरेको छ । काभ्रे जिल्लाका केही बिधालयलाई समेटी तत्काल नै मास्क बाढने तयारी गरीएकोे जानकारी काभ्रे गर्ल्स पावर टिम संयोजक सर्मिला थिङ तामाङले जानकारी दिईन ।

सम्बन्धित खवर