पटकासहित अटो चालक पक्राउ - Sainokhabar
  • बुधबार, कार्तिक १२, २०७७

पटकासहित अटो चालक पक्राउ

साइनो समाचारदाता
झापा । झापाको भद्रपुरमा एकजना अटो चालकलाई प्रहरीले पटकासहित पक्राउ परेका छन् । भद्रपुर ३ पैतिस लाईन स्थित एरियाबाट अतिसबाजी (पटका) सहित अटो चालक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भद्रपुर ४ का ४२ बर्षीय ढाक्रे राजबवंशी रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले हिजो साझँ ७ बजे मे१ ह ३४१३ नम्बरको अटोलाई नियन्त्रणमा लिईएको थियो ।

अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा अटो भित्र लोट गरी लुकाई छिपाई राखिएको अवस्थामा ५८ बण्डल खुर्सानी पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बरामद गरिएको पटक र अटो सहित चालक राजबवंशीलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखी कानुनी कारबाही अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर