कानेपोखरीम थप ८ जनामा कोरोना संक्रमण - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

कानेपोखरीम थप ८ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा आज (शुक्रबार) थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

असोज १९ गते होम आइसोलेसन र कन्ट्याक ट्रेसिङका आधारमा ३८ जनाको स्वाब संकलन गरि प्रदेश कोभिड ल्याब विराटनगर पठाइएको थियो।ती मध्ये आज १ महिलासहित ८ जनाको रिपोर्ट पोजेटिभ आएको पालिका स्वास्थ्य प्रमुख रोहिन्द्रकुमार राजभण्डारीले बताउनुभयो । उनिहरु वडा नम्बर २,४,६ र ७ का रहेका छ्न।

अहिले संक्रमितहरु होम आइसोलेसनमा बसिरहेका छ्न भने उनिहरुको अवस्था सामान्य रहेको छ । हाल संक्रमीतहरुको सम्पर्कमा आउनेको कन्ट्याक ट्रेसिङ् कार्य भइरहेको पनि स्वास्थ्य प्रमुख राजभण्डारीले जानकारी दिनुभयो । पालिकामा संक्रमण तिव्र गतिमा फैलिन थालेपछी असोज १९ गतेदेखी २४ गतेसम्मको लागि गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका अन्य सबै सेवाहरु बन्द रहेको छ।

सम्बन्धित खवर