इसेवाको पासवर्ड रिसेट गर्न आग्रह - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

इसेवाको पासवर्ड रिसेट गर्न आग्रह

साइनो समाचारदाता
काठमाडौँ । अनलाइन पेमेन्ट गेटवे कम्पनी इसेवाको पासवर्ड रिसेट गर्न आफ्ना ग्राहकलाई आग्रह गरेको छ । इन्टरनेटको दुनियाँमा समान र अनुमानयोग्य पासवर्डका कारण दुरुपयोग हुनसक्ने खतरा भएको भन्दै कम्पनीले पासवर्ड रिसेट गर्न आग्रह गरेको हो ।

इसेवा ह्याक भएर खाता विवरण लिक भएको हल्ला समाजिक सञ्जालमा चलिरहेको बेला यो कुरामा कुनै सत्यतता नभएको कम्पनीका प्रमुख कार्यकारी सुवास सापकोटाले जानकारी दिए । ’अहिले चलेको हल्ला सत्य होइन । हाम्रो सिस्टमबाट कुनै पनि पासवर्ड ’प्लेन टेक्स्ट’मा कपी गर्नै सकिंदैन । यो ‘इन्क्रिपटेड’ हुन्छ । त्यसैले ह्याक भएर विवरण चुहावट भएको हल्ला मात्र हो’ सापकोटाले भने । ह्याक भएको हल्ला भएपनि कम्पनीले त्यो हल्ला आउनुअघि नै ग्राहकहरुलाई पासवर्ड रिसेट गर्न आग्रह गरेको उनले बताए ।

सम्बन्धित खवर