सार्वजनिक स्थानमा पिङ नहाल्नु : स्वास्थ्य मन्त्रालय - Sainokhabar
  • बुधबार, कार्तिक १२, २०७७

सार्वजनिक स्थानमा पिङ नहाल्नु : स्वास्थ्य मन्त्रालय

साइनो समाचारदाता
काठमाडौं । दशैं तिहारका अवसरमा सार्वजनिक स्थलमा लगाइने गरेको पिङ यसपटक नहाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिम बढिरहेका कारण सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई थप जोखिम बढ्ने भएकाले मन्त्रालयले उक्त आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह गरेका छन् । साथै उनले आवतजावत र भीडभाड चुनौतीपूर्ण भएको भन्दै यसपालिको दशैँमा पुजारीलाई मात्रै मन्दिरमा पुजा गर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्। उनले सामान्य ज्वरो आउँदा पनि मानिसहरु अस्पताल जाँदा जटिल संक्रमितहरुले बेड नपाउने अवस्था रहेको बताए। प्रवक्ता डा. गौतमले अस्पताल जाने आउने क्रममा संक्रमण फैलिन सक्ने खतरा भएको भन्दै सावधानी अपनाउन अनुरोध गरे।

 

सम्बन्धित खवर