आज एकैदिन थपिए ४ हजार ३६४ जना कोरोना संक्रमित - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

आज एकैदिन थपिए ४ हजार ३६४ जना कोरोना संक्रमित

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

संक्रमितहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २ हजार ६७५ जना संक्रमणमुक्त भएका हुन् । देशभर सक्रिय संक्रमितहरुको संख्या २६ हजार ६८४ पुगेको छ ।

सम्बन्धित खवर