जसको नशा–नशामा कांग्रेसको रगत बहेको छ, सभापतिमा उमेद्वारी दिदै मुक्तिप्रकाश - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

जसको नशा–नशामा कांग्रेसको रगत बहेको छ, सभापतिमा उमेद्वारी दिदै मुक्तिप्रकाश

साइनो समाचारदाता
उर्लाबारी । नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै स्थानीय राजनीतिमा उदाएका मुक्तिप्रकाश न्यौपाने मोरङं उर्लाबारीका जुझारु यूवा हुनुहुन्छ । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सधै देश र जनाताको बारेमा सोच्ने न्यौपाने नेपाली कांग्रेसको आधारभूमि मानिने मोरगंमा नेपाल विद्यार्थी संघको निर्वाचित अध्यक्ष रहिसक्नुभएको छ ।

उहाँलाई भविष्यमा मुलुककै ऐतिहासिक पार्टी नेपाली कांग्रेस उर्लाबारीको नगर सभापतिको रुपमा हेरिएको छ । यतिबेला उहाँ स्थानीयस्तरको सामाजिक कार्यमा खरो उत्रिनु भएको छ । खासगरी लकडाउनको मारमा परेका विपन्न मानिसलाई राहत उपलब्ध गराएर सह्रानीय कार्य गरिरहनुभएको छ । स्थानीय मंगलबारे यूवा क्लबमार्फत उहाँ दीनदुःखीको सहयोगमा जुट्नु भएको हो । मुिक्तप्रकाश न्यौपानेको सक्रियताले कतिपयलाई जलन भएको पाइन्छ । खासगरी पार्टीभित्रकै इतर पक्षले उहाँलगायत मंगलबारे यूवा क्लबको आलोचना गर्ने, राहत वितरणमा अवरोध गर्ने दुश्प्रयास नगरेका भने हैनन् । सबै बाधालाई पन्छाउदै न्यौपाने निरन्तर अघि बढिरहनुभएको छ ।

तपाईले चुनाव जित्न समाजसेवाको नाटक गरेको आरोप पनि छ नि ? भन्ने प्रश्नमा न्यौपाने भन्नुहुन्छ–‘यहाँ भन्दा हाँस्यास्पद के हुन्छ ! पार्टीको चुनाबमा क्रियाशिल सदस्यले मतदान गर्ने हो । जबकी कांग्रेसका क्रियाशिल सदस्यले मंगलबारे यूवा क्लबबाट सायदै राहत थापेका छन् ।’ कुनै सामाजिक संस्थाका गतिविधिको विरोध गर्नु संवैधानिक दायित्व भएपनि साथीहरुका आरोप हेर्दा उनीहरु सिर्जनाको राजनीति गर्न असफल त थिए नै, विरोधको राजनीति गर्न पनि सक्षम रहेनछन् भन्ने पुष्टि भएको न्यौपानेको भनाइ छ । । उहाँ भन्नुहुन्छ–‘कुनै आधार, तर्क र तुकभन्दा पनि हावादारी र असान्दर्भिक बखेडा झिकेर उर्लाबारी नगरपालिकाले समेत क्लबको गतिविधिमा रोक लगाउन खोज्नुले जनप्रतिनिधिले समेत आफ्नो सान्दर्भिकता क्रमशः गुमाउँदै गएको प्रस्ट हुन्छ ।’

तत्त्कालिन राजघाट गाविस । जहाँ कांग्रेसलाई सिला खोजेझै खोज्नुपथ्र्यो । वामवर्चश्व रहेको सिंगो गाविसमै विश्वनाथ न्यौपानेका परिवार सत्तिसालझै ठिंग उभिएका थिए । जननायक वीपी कोइरालाबाट प्रभावित र दीक्षित विश्वनाथ न्यौपानकै समर्पण र संघर्षको जगमा आज पूर्वी मोरङको कांग्रेस आइपुगेको हो । तिनै विश्वनाथ न्यौपानेका छोरा हुन्, मुक्तिप्रकाश । बाबुको विरासत नै सहि मुक्तिप्रकाशको राजनीतिक लगानीलाई पनि कम आँक्न मिल्दैन । विद्यार्थी राजनीतिबाट उदाएका मुक्तिप्रकाशले पार्टीकै लागि अनेक भुक्तमान व्यहोरेका छन् । मण्डलेदेखि अनेरास्ववियुसम्मको शारीरिक आक्रमण झेलेका छन् । आज पार्टीमा ‘चैते कांग्रेसी’को दबदबा रहँदा आफुलाई लज्जा हुने गरेको उहाँ सुनाउनु हुन्छ ।

वीपीले भनेझै– देशमा प्रजातन्त्र आएपछि मोटाघाटा, सुकिला, चिल्ला गाडी चढ्नेहरूको पार्टीभित्र हावी हुनेछ। त्यसविरुद्ध आमकार्यकर्ताले फेरि एकचोटि संघर्ष गर्नुपर्ने हुन्छ। यहि वाणिलाई मन,बचन र कर्मले आत्मसात गर्दै अघि बढ्ने प्रण गरेको न्यौपाने बताउनुहुन्छ । हाल असहाय र विपन्नको सेवामा दिनरात नभनी खटिरहेका उनै संघर्षशील यूवा मुक्तिप्रकाश न्यौपाने नेपाली कांग्रेस उर्लाबारीको सभापति पदमा प्रत्यासी बन्ने हुनुभएको हो । नेपाली कांग्रेसको गाउँ–नगर अधिवेशन नजिकिंदै गर्दा उर्लाबारीको नेतृत्वका लागि न्यौपानेको चर्चा सुरु भएको छ । नगर सभापतिमा आधा दर्जन व्यक्तिको नाम चर्चामा आएपनि न्यौपाने बलिया उम्मेदवारको रूपमा कांग्रेसवृत्तमा चर्चा भइरहेको छ । सबैसंग सहजै घुलमिल हुन सक्ने, विकाशप्रेमी जस्ता छविले पनि उनलाई यसपालीनगर सभापतिको बलियो उम्मेदवार बनाएको हो ।

गाउँ तथा नगर अधिवेशनमै आफ्नो पकड जमाउन गुटगत अभ्यास सुरु भइसकेका कारण गाउँ अधिवेशनमा पनि विभिन्न खेमा हुने करिब निश्चित प्रायः छ । न्यौपाने भने चुनाव भने चुनाव सहि, सर्वसम्मत भए सर्वसम्मत नै आफु नेतृत्वमा आउने बताउनुहुन्छ । उहाँले भन्नुभयो –पदका लागि अन्यत्र मारामार भएपनि उर्लाबारीमा एकताको सन्देश दिने, गुटबन्दिरहित पार्टीको निर्माण गर्ने पहलकदमी गर्ने छु । यस्तै, सिङ्गो उर्लाबारीमा नेपाली कांग्रेसलाई भविश्यसम्म सुदृढ बनाउन, केन्द्र र प्रदेशमा तहमा जसरी कांग्रेसले हार व्यहोरेको छ, आगामी दिनमा त्यस्तो क्षति हुन नदिनपनि मेरो उम्मेद्वारी हो’–न्यौपानेले दृढता व्यक्त गर्नुभयो ।

सम्बन्धित खवर