मुक्ति जी ! तपाईले गरेको निर्णयले निःशब्द छु, भावविव्हल र स्तब्ध छु, अधैर्य छु, हार्दिक श्रद्दाञ्जली !! - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

मुक्ति जी ! तपाईले गरेको निर्णयले निःशब्द छु, भावविव्हल र स्तब्ध छु, अधैर्य छु, हार्दिक श्रद्दाञ्जली !!

उर्लाबारी । मदन आश्रीत प्रतिष्ठान उर्लावारिका लेखा अधिकृत मुक्तिनाथ दाहाललाई आत्महत्या गर्न बाध्य बनाउने र आत्महत्या गर्न दुरुत्साहन गर्ने कार्यमा संलग्न चाहे जोसुकै नेता तथा कार्यकर्ता होस उसलाई सर्वस्व सहित आजीवन कारावासको सजाय हुनु पर्छ र मुक्तिजीका सम्पुर्ण परिवारको भविष्य ग्यारेन्टी गरिनु पर्दछ तब मात्र मुक्तिको आत्माले शान्ती पाउँछ र शोकमा डुबेका परिवारजनमा समवेदना मिल्छ । अनि कसैको मान(सम्मानमा आँच पुर्याई अपमान, अवहेलना र अन्याय गरि आत्महत्या गर्न दुरुत्साहन गर्ने अपराधि व्यक्तिहरुमा सचेतना पनि मिल्ला र विरसिलो र निरासमय बनाइ मर्न बाध्य तुल्याउने यस्ता नरपिशाचहरुको अन्त्यका लागि पनि यस्ता अपराधीहरुलाई त्यसको सर्वस्व सहित आजीवन कारावास हुनै पर्छ ।

जिवनाथ खतिवडा

कसैको आत्म सम्मानमा हमला गरि अन्याय, अपमान र पक्षपात गरि आफुलाई समाजको ठुलो र बुद्दिजीवी हुँ भनेर अभिनय गर्ने र समाजका केही अगुवाहरुलाई भ्रममा पारी मइमत्ता हुने प्रबृतिका कुख्यात अपराधीहरुका कारण एउटा इमान्दार र कर्तब्यनिष्ठ व्यक्तिले आत्महत्या गर्न विवश हुनु पर्ने संवेदनशीलतालाई पार्टि र समाजका केही व्यक्तिहरुले पनि त्यो अपराधिलाई अपराध गर्न प्रोत्साहन गरेका प्रमाण पनि प्रसस्ती छन । आफुलाई बडो विद्वान ठान्ने र समाजलाई नै भ्रममा पारी अपराधका कर्तुतहरुलाई बढावा दिइ सार्वजनिक संस्थाको प्रमुख बनेर भ्रष्टाचार समेत गरि संस्थालाई आर्थिक भार गराउने र त्यही कार्यालयको निर्दोष र इमान्दार व्यक्तिलाई अन्याय र बिभेद गरि आत्महत्याका लागि दुरुत्साहन गर्ने वातावरण निर्माण गर्न खोज्ने पापिको पहिचान गर्नै पर्छ ।

मदन आश्रीत प्रतिष्ठानमा भएको यो घटना त एउटा प्रतिनिधिमुलक घटना हो । यस घटनालाई संवेदनसील ठानी समाज वा राजनीतिक दलहरुले अन्यत्रका यस्ता पिडाहरुलाई सहन गरेर प्रतिकार गर्दै बसेका निर्दोष व्यक्तिहरुको न्याय र आत्म सम्मानका लागि खोज अनुसन्धान गर्न पछि पर्नु हुदैन । एउटा पिडित व्यक्तिलाई सहारा र सान्त्वना दिएर उसको जीवन निर्वाहलाई सहज बनाई समाजमा स्थापित गराउनुको सट्टा उल्टै खाइ रहेको जागिरबाट राजिनामा गराउन दबाब दिने, हेरी रहेको आँखाको दृष्टि गुमेको भयावह र आततायी पिडामा रुमल्लिएको एउटा निरिह व्यक्तिमाथि अन्याय, पक्षपात र अपमान गर्दै अप्रेसन गरेको आँखामा अझ असर पुग्ने गरि बसेको टेविलमा एसिड बेट्री राखि दिने, प्रचण्ड गर्मीमा म बसेको कोठाबाट पंखा हटाइ दिने र स्वभावैले एउटा अपाङ्गता भएको व्यक्तिले प्राथमिकता पाउनु पर्नेमा उल्टै अरुले पाए सरहको आर्थिक सेवा सुविधाबाट बञ्चित गराइ अत्यन्तै अमानवीय र हृदयविदारक व्यवहार गरि असह्य मानसिक तनाव गराउनुका साथै मेरो हेरि रहेको आँखाको दृष्टि गुमेर उपचारका क्रममा बसदा मेरो पाकेको तलब समेत रोकि मलाई आर्थिक संकट गराई आत्महत्या गरोस भन्ने आशयले दुरुत्साहन सम्मको दुर्व्यवहार गर्ने पापी पनि अहिले यसै उर्लावारी क्षेत्र भित्र बडो ठाँटले हिंडि रहेको छ ।

एउटा जटिल अपाङ्गता भएको व्यक्ति दृष्टि सम्बन्धि जो अपाङ्गताका बाबजुद पनि आँखा देख्ने व्यक्ति भन्दा पनि सहज र सरल ढङ्गले कम्प्युटर चलाई नेपाल सरकारको अवधारणा अनुसार आइ सि टिको माध्यमले पावरप्वाइन्ट वा स्लाइडको माध्यमले शिक्षण सिकाइ क्रियाकलापमा जुटि रहेको श्री अरनिको मा. वि. दुर्गापुरीको शिक्षक म जीवनाथ खतिवडालाई यस्तो दुर्व्यवहार गरि र विद्यालयको आर्थिक हिनामिना गर्ने विद्यालयको पुर्व प्रधानाध्यापक कोमलप्रसाद खतिवडाले गरेका कर्तुत र विद्यालयको गतिविधिलाई तहस(नहस पारेका थुप्रै प्रमाणहरु सहित अख्तियार दुरुपयोोग अनुसन्धान आयोगको पुर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीमा पनि उजुरी दर्ता गराएको छ तर आयोगले अनुसन्धानको प्रक्रिया कहा सम्म पुर्यायो थाह दिएको छैन । हो ! मदन आश्रीत प्रतिष्ठानमा कार्यरत साथी मुक्तिनाथ दाहाल लाई पनि यस्तै असह्य पिडा भएको हुन सक्छ वहाले प्रतिवादद गर्न अदम्य प्रयास गरेको पनि हुन सक्छ तर वहाले साथ नपाएको हुन सक्छ त्यसैले वहाले आफ्नो जीवन समाप्त पार्नु भयो । त्यसैले मुक्ति जी को जीवन समाप्त पार्ने वातावरण निर्माण गर्ने पापिष्ट र कुख्यात अपराधीलाई पार्टी वा समाजका कोही कसैले पनि जोगाउने काम गर्नु भनेको त्यो अपराधिकोमतियार बन्नु हो । यस्ता अपराधिलाई र उसका मतियारलाई हदै सम्मको कार्वाही हुनै पर्छ ।

मुक्तिनाथ दाहाल एक सच्चा राजनीतिक सोच भएको इमान्दार र प्रतिष्ठित व्यक्तित्व हो, वहा जहिलेसकै पनि अन्याय र अत्याचारको विरुद्द आवाज उठाएर न्यायप्रेमी समाजको निर्माणका लागि कटिबद्द व्यक्ति हो जसले पञ्चायतकालीन अवस्थामा समेत अहोरात्र न्याय र प्रजातन्त्रका लागि आवाज दिइ रहनु हुन्थ्यो । मुक्तिजी लाई म धेरै वर्ष अघि देखि राम्ररी जान्दछु र पञ्चायतकालिन अवस्थामा पनि मुक्ति जी र म संगै सगै हिंड्दथ्यौ र न्यायिक समाजको निर्माणका लागि छलफल र बहस गर्दथ्यौ । आज मुक्ति जी ले सहनै नसक्ने किसिमको अन्याय वेहोर्नु भन्दा देह त्याग गर्नु ठिक ठान्नु भयो ! आदरणीय मुक्ति जी तपाईले लिएको यो निर्णयले म अत्यन्तै दुःखी छु, अधैर्य छु, निरास छु, तपाईको यो निर्णयले म भावविव्हल र स्तब्ध छु, म पत्याउन सक्दिन तर सत्यतामा परिणत भइ सकेकाले तपाईको मृत्यु स्वीकार्न बाध्य छु ! म नीशब्द छु ! तपाईको त्यत्रो साहस आज कसरी एकाएक विलिन भएर यस्तो निर्णय लिनु भयो ! तपाईले किन हामी जस्ता तपाईका पुराना साथी(भाइलाई यो कुरा भन्नु भएन ताकि मलाई मर्न विवस तुल्याइदैछ भनेर !

हो मुक्ति जी मैले मेरो आत्मकथाका केही अंश माथी उल्लेख गरेको छु नी ! एउटा नेपालकै नमुनाका रुपमा परिचित बिद्यालय श्री अरनिको मा. वि.को प्रधानाध्यापक कोमलप्रसाद खतिवडाले म अपाङ्गता भएको निरिह शिक्षक माथी गरेको असह्य दुरव्यवहारले मलाई झण्डै त्यस्तै कार्यका लागि दुरुत्साहन गरेको थियो तर मलाइ त्यो खतराबाट बचाउन साहस, सान्त्वना, सहानुभुती, हौशला र प्रेरणा दिइ रहनु हुने त्यस्ता मानवीय भावनाले ओतप्रोत व्यक्तित्वहरु हुनुहुन्च जसको नाम मैले लिनै पर्दछ । सर्वप्रथम मेरी जीवन साथी गायत्री, मेरा चोरीहरु, शिक्षक द्वय ज्ञाननाथ गौतम, जीवनचन्द्र सापकोटा जसले मेरो जीवन बचाउका लागि अत्यन्तै जिम्मेवारीका साथ आवाज उठाउनु भयो भने शिक्षक मित्र जीवनचन्द्र सापकोटाले त विद्यालय समयमा मलाई १ मिनेट पनि छाड्नुभएन र तपाई माथीको अन्याय र अपमान मेरो पनि अपमान हो तपाईका साथमा हामी छौ अलिकति पनि निरास नहुनु होला भनि साहस र सान्त्वना दि मलाइ हरदम सहयोग र सहानुभुतिदिइ सहज जीवन यापनका लागि आवाज उठाइ नै रहनु भयो ।विद्यालयमा मलाई हरदम सान्त्वना दिएर बारम्बार हंसाउन र मलाई सामान्य जीवनमा फर्काएर खुशी पार्न प्रेरणा दिइ रहनु हुने मेरा सहृदयी मित्र प्रेमप्रसाद प्रसाईको व्यवहार पनि मेरा लागि प्रेरणादायी बन्न पुग्यो ।

वरिष्ठ चिकित्सक आदरणीय बालचन्द्र सुब्बा र भाइ लिलाराज खतिवडा पनि मेरो घरमा आइ मेरो प्रतिभा र क्षमता अनि दक्षताको प्रशंसा गरदै मलाई अदम्य साहस प्रदान गर्नु भएको कुराले पनि म मा आँट र हिम्मत प्राप्त भइ रह्यो । यसै गरि राजघाटका वरिष्ठ समाजसेवी मेरा अति शुभचिन्तक मित्र आदरणीय सुन्दर श्रेष्ठको निरन्तर सहयोग र सहानुभुती मैले जीवनमा पाएको सबैभन्दा महान सहानुभुति ठानेको छु, सुन्दरजीले त मलाई राजघाटमा मात्र होन कि म आँखा अप्रेसन गरि तिलगङ्गा अस्पतालमा बसेका बखत पनि मलाई म बसेकै स्थानमा समेत पुगेर मेरो स्वास्थ्य अवस्थामाथी सोधखोज गर्नु मात्र होइन उपचारका क्रममा लाग्ने खर्च समेत दिएर सहयोग गर्नु भएको वहाको मानवीयताको प्रशंसा गर्ने अर्थपुर्ण शब्द पनि मसंग छैन वहाले मलाई निरास नहुन गरेको सहयोग त्यति गहिरो छ । सुन्दरजीका साथमा गएर मलाई काठमाण्डौमा भेट्ने पत्रकार भाइ तेजन खड्कालाई पनि संझिइ रहेको छु । यसैगरी म उपचारका क्रममा काठमाण्डौ बस्दाका बखत निरन्तर मेरो सेवामा तल््लीन भइ आफ्नो व्यक्तिगत कामलाई समेत पर्वाह नगरि मलाई सहयोग र साथ दिएर मेरो टहल गर्नु हुने मेरा बचपनका परम मित्र आदरणीय सुर्य कट्वालजी लाई म कहिल्यै भुल्न सक्दिन जसले मलाई सान्त्वना सहानुभुति मात्र होइन सामान्य जीवनमा फर्काएर बाँच्न हरतरहको प्रयत्न गरि नै रहनु भयो ।

जीवनमा लागि यसरी नै मेरो घरमा आएर मलाई संझाई सान्त्वना र सहानुभुति दिने र मेरो क्षमता र प्रतिभाको बारेमा वर्णन गरि मलाई थप हौशला दिनु हुने नेकपाका अध्यक्ष ऋषिकेश पोख्रेल, जिल्ला समन्वय समितिका अध्यक्ष नरेश पोख्रेल, नेकपा उर्लावारीका अध्यक्ष उमाकान्त गौतम, आदरणीय चन्द्रकुमार थेबे, मेरो भतिज रुपेश खतिवडा, नगर शिक्षा समितिका सदस्य बिमल कुमार निरौला, यसरी नै मेरा शहकर्मी मित्रहरु धर्मानन्द खरेल, प्रेमभट्टराई, मदन आश्रीत प्रतिष्ठान उर्लावारीका कार्यक्रम अधिकृत रुद्रबहादुर तामाङले त मलाई बारम्बार भेट गरि वा फोन मार्फत सान्त्वना र सहानुभुती दिइ नै रहनु भयो । मेरा साथीहरु अखिलेश साह, ओमप्रकाश प्याकुरेल चन्द्र अधिकारी लगायत सामाजिक सेवामा निरन्तर सक्रिय नारायण बस्नेत, इन्द्र लामा तोर्ण श्रेष्ठ, टोमनाथ गौतमले पनि मलाइ बारम्बार सहानुभुती र सान्त्वना दिइ रहनु भयो ।

अझ प्रष्ट भन्नु पर्दा दाइ चन्द्रकुमार थेबे र उमाकान्त गौतमले त यति सम्म मलाई साहस प्रदान गर्नु भयो कि तपाईको विपक्षमा सबै लागे पनि तपाइलाई केही हुन दिदैनौ, तपाई अलिकत९ि पनि नआतिनुहोला, मानिस बिरामी भयो भन्दैमा सम्पुर्ण व्यवहारिकता बिर्सेर अन्याय गर्न पाइदैन, तपाई जे काम गर्न सक्ने खुवि छ त्यो काम दिएर अपाङ्गता भएका व्यक्तिको सुरक्षा गर्नु हाम्रो दायित्व हो, त्यो काम हामी गर्छौ निरास नहुनु होला भनि हरदम संझाइ रहनु भयो भने मेरा शुभचिन्तक साथीहरु पथरीका पर्शुराम मिश्र, देवराज भण्डारी, पनि घरमा आएर मलाई भारि रुपमा सान्त्वना र सहानुभुति दिनु भयो । यसै गरि नेपाल शिक्षक संघका शिक्षक साथीहरु केशव निरौला र शिवराज कोइराला पनि घरमा आएर सान्त्वना दिनु भयो तर वहाहरुले म माथी अपराध गर्ने कोमलप्रसादको विरुद्दमा भने केही बोल्न चाहनु भएन र वहाहरुको मौनताले त्यो अपराधीलाई थप अपराध गर्न प्रोत्साहन मिलि रह्यो ।

मेरो त्यो दयनीय घडिमा मलाई मेरो क्षमता र प्रतिभा अनि दक्षताको कदर गर्दै अमेरिका बस्ने मेरो आत्मीय भतिज झमक निरौलाको सक्रियतामा दृष्टिबिहिनहरुका लागि सजिलो हुने कम्प्युटरको व्यवस्था गरि बिराटनगरका वरिष्ठ समाजसेवी कृष्ण निरौला र राधा गौतमले मेरो घरमा आइ मेरो कम्प्युटर चलाउने क्षमता र दक्षताको अवलोकन गरि मलाई कम्प्युटर हस्तान्तरण गर्नु भएको कारणले पनि मलाई थप हौशला मिल्न गएको सत्यलाई मैले भुल्न सक्दिन । यसै गरि अमेरिकामा बस्ने भतिज नविन दाहाल, दक्षिण कोरियामा रहेका मेरा मित्र टंक बानिया, जीवन कुमार थापालाई पनि म हरदम संझिइ रहेको छु जसले मेरो प्रतिभा र क्षमताको कदर गर्दै मलाई कम्प्युटर सहयोग गर्नु भयो । अनि मानव अधिकार कर्मि मित्र सोमराज थापा, टेलिकम उर्लावारीका तत्कालिन प्रमुख हरि बस्नेत, र मलाई घरमा आएर होस वा फोन गरेर होस सान्त्वना दिइ रहनु हुने मेरा आफन्तहरु सबैलाई संझिइ रहेको छु ।

मेरा स्टाफ साथीहरु धेरैले मलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गरि प्र. अ. कोमलप्रसादले ममाथि गरेको अन्याय र अपमानको विरोध गर्नु भयो भने म नाम त लिन्न तर मलाई प्रष्ट थाहा छ त्यो कुख्यात मानवताहीन र दानवरुपि अपराधी प्रवृतिको प्रधानाध्यापकको पक्षमा केही मेरा शिक्षक साथिहरु मतियार बनेर मलाई अपमान गर्नमा त्यो पापि प्र.अ.को मतियार बन्नु भयो तर मलाई वहाहरुसंग पनि खेद छैन किनकि समय सधैंभरि वहाहरुको पक्षमा रहदैन मलाई आए जस्तो पिडा वहाहरुलाई पनि एक दिन आएपछि अनि त्यो निर्दयताले वहाहरुको मनबाट बिदा लिने छ र अनि अनायास झसङ्ग भइ पश्चाताप गर्नु हुनेछ ।

संसारलाई नियाली रहेको एउटा व्यक्तिले अचानक आँखाको दृष्टि गुमाउनु परेको पिडामाथि सहानुभुति दिएर दिनचर्यालाई सहज बनाउन आफ्नो नैतिकता प्रस्तुत गर्नु पर्ने ठाउँमा उल्टै भयानक मानसिक तनाव गराई मर्नु न बाँच्नुको अवस्थामा पुर्याउन हरकत गर्ने त्यो पापि प्रधानाध्यापकलाई साथ दिएर मेरो दैनिकिमा हमला गर्ने र मलाई एकोहोरो अन्याय र पक्षपाती पुर्ण निर्णय गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जो अत्यन्तै धार्मिक र सामाजिक भावना भएको मानिस भए पनि मैले विद्यालयमा पेस गरेका निवेदनहरुमाथी ठाडै इन्कार गरि मलाई अपमान गर्ने र अझै त्यो निर्दयी र क्रुर प्र. अ.लाई अन्यायको लागि प्रोत्साहन गर्ने सदस्यहरु प्रति पनि मलाई खेद छैन वहाहरु र वहाहरुका परिवारका सदस्यहरु मध्ये कसैका सवल अङ्गहरु मध्ये कुनै अङ्गहरुले बिदा लिएका दिन बिउँझनु हुनेछ । म माथी यसरी अपराधका श्रृखलाहरु को ताणव देखाउदै जाने मानवुरुपी दानव प्रधानाध्यापकको मतियार बनेर मलाई थप मानसिक यातना दिन लागि नै रहेको परिदृष्य देख्नेहरु समिक्षा र विश्लेषण गरि रहेका छन् । ।

यसरी अपराधीलाई यस्तो अन्याय र अपमान गरि अझ मलाई दुःख दिन प्रोत्साहन गर्ने मतियारहरु अरु केही छन नै तर तिनीहरुको इतिहास सुरक्षित रहला भन्ने कुरामा विश्वस्त छु । उनीहरुको निर्दयता र अज्ञानताले पनि छन उनीहरुले पनि उसैलाई साथ दिएका थिए ।
तर मुक्ति जी मैले साहसलाई साथ लिंए, एक दिन घाम लाग्ने र यस्ता पापीहरुको अन्त्य हुने आशा राखि बाँच्न अभ्याश गरें, त्यो पापीलाई छुट दिएर होइन बरु कानुनको निकायहरु समक्ष उजुरि दिए । मुक्ति जी तपाईको आत्माले सदैव शान्ति पावस, स्र्गलोकमा पनि तपाई साहसका साथ अन्याय र अपराधको विरुद्दमा आफ्नो आत्मालाई प्रयोग गरि रहनुहोस तपाई प्रति हार्दिक श्रदाञ्जली अर्पण गर्दछु र तपाईका परिवाजन सबैमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनि कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछु !

मुक्ति जी तपाईलाई आज मृत्युको मुखमा पुर्याउने वातावरण निर्माण गर्ने ती कुख्यात अपराधीहरु जो जो भए  पनि सर्वश्व सहित आजीवन कारावासका लगि जोडदार माग गर्दछु !

सम्बन्धित खवर