थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि - Sainokhabar
  • बिहिबार, कार्तिक ०६, २०७७

थप १५५१ जनामा कोरोना संक्रमण पुष्टि

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना महिला र १०४२ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ । सक्रिय संक्रमित २२ हजार ७०९ छ । १३ हजार ५९१ होम र ९ हजार ११८ संस्थागत आइसोलेसनमा छन् । उनीहरुमध्ये २४३ जनाको आईसीयू र ४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

सम्बन्धित खवर