सुनको मूल्यमा सामान्य गिरावट - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

सुनको मूल्यमा सामान्य गिरावट

साइनो समाचारदाता
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार प्रतितोला रु ९४ हजार ५०० मा कारोबार भएको छापावाला सुन आज प्रतितोला रु ९४ हजार १०० मा कारोबार भएको छ । आइतबारको तुलनामा छापावाला सुन रु ४०० ले घटेको हो ।

यस्तै तेजाबी सुन आइतबारको तुलनामा रु ४०० ले ओरालो लागेको छ । आइतबार प्रतितोला रु ९४ हजारमा कारोबार भएको तेजाबी सुन आज भने प्रतितोला रु ९३ हजार ६०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार प्रतितोला रु एक हजार रु एक हजार १८० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा नै कारोबार भएको छ । अन्तर्राष्ट्रिय बजारमा समेत सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

रासस

सम्बन्धित खवर