मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु

साइनो समाचारदाता
कैलाली । कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्नवास नगरपालिका १ स्थित बलभद्र बस्तीमा से६प २९२८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा स्थानीय ७० वर्षीय सिंहबहादुर तामाङको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । सोही मोटरसाइकलको ठक्करबाट ५५ वर्षीय बलबहादुर तामाङ पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

सम्बन्धित खवर