बेलबारी बस अनियन्त्रित हुँदा दुर्घटना - Sainokhabar
  • आइतबार, कार्तिक ०९, २०७७

बेलबारी बस अनियन्त्रित हुँदा दुर्घटना

साइनो समाचारदाता
पथरी । मोरङको बेलबारी स्थित भाउन्नेमा शनिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा चारजना घाइते भएका छन् । धरानबाट काकडभिट्टा जाँदै गरेको को १ ख ५०७९ नम्बरको यात्रुबाहक बस बेलबारी १० स्थीत पुर्व पश्चिम राजमार्गमा अनियन्त्रित हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यलय बेलबारीले जनाएको छ । घाइतेको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अस्पतालको अनुसार पथरी निवासी घाइते रमेश न्यौपानेको अवस्था जटिल रहेको र अन्यको सामान्य रहेको छ ।

सम्बन्धित खवर