अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना

साइनो समाचारदाता
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ट्रम्पले आफूहरूको कोरोना रिपोर्ट पोजेटिभ आएको र क्वारेन्टिनमा बस्न लागेको जानकारी ट्विट गरेर दिएका छन् । यसअघि ट्रम्पकी सल्लाहकार होप हिक्सलाई कोरोनाभाइरस देखिएको थियो ।

नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावका लागि देश दौडाहामा रहेका ट्रम्प कति दिन क्वारेन्टिनमा बस्छन् भन्ने यकिन छैन । ट्रम्पलाई कोरोना संक्रमण भएपछि उनको चुनावी अभियान प्रभावित हुनेछ । ट्रम्प दम्पत्तिलाई कोरोना संक्रमण पुष्टि भएसँगै उपराष्ट्रपति माइक पेन्सको रिपोर्ट के आउँछ भन्ने चासो बढेको छ । यसअघि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन, ब्राजिल राष्ट्रपति जैर बोल्सोनारोलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित खवर