ज्योति विकास बैँकले बनायो उठिबास, जालझेल गरि छिमेकीले खाए जग्गा - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

ज्योति विकास बैँकले बनायो उठिबास, जालझेल गरि छिमेकीले खाए जग्गा

साइनो समाचारदाता
मोरङ । कानेपोखरी गाँउपालिका २ का गोवरधन झागर ज्योति विकास बैँक र छिमेकीका कारण घर जग्गा विहिन हुनु परेको छ । गोवरधन झागरको कानेपोखरी गाँउपालिका २ मा ११ कठ्ठा १३ धुर जग्गा थियो । ज्योती बिकास बैँक र छिमेकी घनश्याम मण्डल कविरत, कृष्ण न्यौपाने, अर्जुन कटुवाल र चिन्तामणी अधिकारीका कारण जग्गा विहिन हुनु परेको झागर परिवाले बताएको छ ।

गोवरधन झागरले २०७४ सालमा पथरीमा रहेको ज्योति बिकास बैँकबाट ९ लाख ओडि रिन लिएका थिए । बैँकको ऋण तिर्न नसकेका गोवर्दन झागरलाई बैँकले पटक पटक पत्र काटेको थियो । ऋण तिर्न नसकै पछि बैँकको २०७६ साउन १३ गते लिलामी सुचना निकालेको थियो । तर बैँक र गाउँका छिमेकी घनश्याम मण्डल कविरत, कृष्ण न्यौपाने, अर्जुन कटुवाल र चिन्तामणी अधिकारीको जाल झेलका कारण गोवर्दन झागरले अर्जुन कटुवाल र चिन्तामणी अधिकारीलाई २०७६ साउनमा जग्गा बेच्छन ।

ज्योति बिकास बैंकमा घनश्याम मण्डल कविरतले गोर्वदन झागरलाई ऋण खाने देखि जग्गा बेच्ने सम्मको सबै बन्दो बस्त गरेर झागरको ९ लाख रुपयाँ लगेको झागर बताउछन । ६ महिनामा सावा ब्याज फिर्ता गरि जग्गा उकास्ने सम्मको कागज गरेका छन अर्जुन कटुवाल र चिन्तामणी अधिकारीले ।

त्यती मात्र हैन घनश्याम मण्डल कविरत र कृष्ण न्यौपानेले २०७६ साउन ३१ गते ज्योति बिकास बैंकमा गोवर्दनको नाममा खाता ९/९ लाख लगेको बैंक स्टटमेनमा देखिन्छ । २९ गते खोलेको खातामा अर्जुन कटुवाल र चिन्तामणी अधिकारी जग्गा किन्ने भन्दै १०/१० लाख जम्मा गरेका छन । बैकको ऋण तिरेका झागरले बाकी रहेको सबै पैसा मण्डल र आचार्यले लगेको बताउछन । मण्डलले कागज पत्र मिलायन भन्दै गोवर्दनको नाममा समेत २ लाख झिक्न लगाएर लगेको बताएका छन ।

अहिले जग्गा फिर्ता गर्न मण्डल र आचार्य संग पैसा माग्दा आफुले नलगेको तर कारोवार मिलाउन सहयोग गरेको मण्डल बताउछन । तर बैंक स्टटमेनमा मण्डल र न्यौपानेले जग्गा बेचेकै समयमा पैसा लगेको देखिन्छ भने तिरेको कुनै प्रमाण देखिदैन । झागरले आफ्नो जग्गा फिर्ता गराईदिन पटक पटक वडा र गाउँपालिका धाउदा सम्म आफ्नो कुरा सुनुवाई नभएको बताउछन । जाल झेल गरि जग्गा किनेका अधिकारी भने आफ्नो सावा ब्याज फिर्ता गरे जग्गा फिर्ता गरिदिने बताउछन ।

कटुवाल, अधिकारी, मण्डल र न्यौपानेले छोरा जिवन कुमार मुडियारीलाई विदेश जान पासपोर्ट बनाउन काठमाडौ पठाएर जग्गा पनि २० लाखखको कागज गराएको गोवर्दनले बताए । बैकको लिलामी समय सकिदा आफु बुझ्न जादा सो समयका बैंकका मेनेजर दुर्गा मणी चौलागाईल २ जनाले बोलपत्र हालेको बताएको छोरा जिवन बताउछन । लिलामीमा गएको जग्गालाई मण्डल र ज्योति बिकास बैंकका मेनेजर दुर्गा मणी चौलागाईको मिलेमतोमा बाहिर बाहिरै बेचविखन गरेर झागर परिवारलाई उठिबास लगाएको देखिन्छ ।

यता ज्योति विकास बैक पथरी शाखाका मेनेजर सुनिल दाहालका अनुसार लिलामी प्रकृयामा गएको तर २ ओटा मात्र आबेदन भएकाले लिलामी रोकिएको हो पछि उहाहरु बाहिरै मिलेर आउनु भयो बैकको ऋण तिरे पछि बैकले जग्गा फिर्ता गरेको भन्दै बैकको कुनै गल्ती नभएको बताए ।

पूवेर्ली न्यूजबाट

सम्बन्धित खवर