साढे १० किलो अफिससहित तीन पक्राउ - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

साढे १० किलो अफिससहित तीन पक्राउ

साइनो समाचारदाता
काठमाडौं । रुकुमबाट ल्याइएको १० किलो ५ सय ग्राम अफिससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पूर्वी रुकुम पुथा उत्तरगंगा गाउँपालिका–१ का ५० वर्षीय गज पुन, ४० वर्षीय चक्करबहादुर पुन र गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ का २४ वर्षीय रवि गुरुङ रहेका छन् ।

उनीहरुलाई पोखरा–६, स्कुलमार्गबाट लागूऔषध नियन्त्रणमा ब्युरो, कोटेश्वर र पोखराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । थप कानुनी कारबाहीका लागि पक्राउ परेका व्यक्ति र बरामद लागूऔषधलाई जिल्ला प्रहरी कार्यालय, कास्की बुझाइएको छ । पक्राउ परेका गज लामो समयदेखि अफिम कारोबारमा सक्रिय व्यक्ति भएको खुलेको ब्युरोका एसपी कृष्णकुमार महतले बताएका छन् । अफिम भारतमा लगेर प्रशोधन गरेर ब्राउन सुगर बनाउने गरिन्छ ।

सम्बन्धित खवर