भान्छेलाई कोरोना देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टिनमा - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

भान्छेलाई कोरोना देखिएपछि प्रधानसेनापति थापा होम क्वारेन्टिनमा

साइनो समाचारदाता
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको भान्चामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि थापा होम क्वारेन्टिनमा बसेका छन् । प्रधानसेनापति थापा निवासको भान्छामा कार्यरत ति सदस्यमा शनिबार कोरोना पोजेटिभ देखिएपछि आइतबारदेखि उनी होम क्वारेन्टिनमा बसेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड अनुसार स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै प्रधानसेनापति थापा होम क्वारेन्टिनमा बसेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खवर