सबैको मन जित्दै अघि बढ्दै गल्र्स पावर टिम - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

सबैको मन जित्दै अघि बढ्दै गल्र्स पावर टिम

साइनो समाचारदाता
मोरङ । चिनको बुहान प्रान्तबाट फैलीएको कोरोना भाईरसले यतिबेला विश्व आतंकित परीरहेको छ । भाईरसको कारण कतिले अकालमै ज्यान गुमाउनु परेको छ त कतिपय संक्रमणको शिकार भएका छन् । यो संक्रमण बाट नेपाल पनि अछुतो रहेन नेपालमा पनी हालसम्म ४ सय भन्दा बढीले ज्यान गुमाए भने ६६ हजार बढि संक्रमित रहेका छन् ।

नेपाल सरकारले संक्रमण न्युन बनाउन लकडाउन (बन्धाबन्धि) को घोषण पनि नगरेको होईन तर गरीबीको चपेटामा फसेका जनतालाई लामो समयको लकडाउनले रोग भन्दा भोकले आक्रान्त बनाउन थालेपछि सरकारले लकडाउनलाई खुकुलो बनायो । लकडाउनको समयमा विभिन्न क्षेत्रमा प्रवाभितलाई राहत उपलब्ध गराउने कोरोना बाट सुरक्षीत राख्न पिपिई,मास्क बितरण कार्यमा सरकार,समाजीक संस्था,व्यक्ति अग्रसर रहे बिदेशमा रहेका नेपाली साथै सबैको सहयोगबाट नेपालका अधिकांस मानिस लावान्भीत बने ।

यहि कुरालाई आत्मासथ गर्दै टर्कीमा रहेका नेपाली महिलाहरुको समुह गल्र्स पावर टिमले नेपालमा राहत बितरण कार्यलाई तिब्रता दिएको छ । प्रवासमा रहेका नेपाली महिलाहरुले समाजीक सञ्जाल फेसबुकबाट एक टिम बनाई समाजिक कार्यको थालनि गरेको हो । महिला सशक्तिकरणमा सारथी भई कोहि पनि कोरोना संक्रमित नहोस सबैलाई सुरक्षीत राखौँ भन्ने उदेश्यका साथ उक्त समुहले नेपालका विभिन्न जिल्लामा सहयोग पुर्याउन थालको हो ।

सानो समुह रहेतापनि समुहले गरेको कार्यको प्रसंसा गर्दै नेपाल साथै प्रवासवाट महिलाहरु टिममा प्रवेश गर्न थालेको बताईएको छ । हाल यो समुहम प्रतिमा थापा (पोल्यान्ड),मिरा राई (फ्रान्स),सुस्मा लामा,(नेदरल्यान्ड),सोनिका लामा (कुबेत),सबिना श्रेष्ठ (टर्की), लछी तामाङ (युएसए) प्रवासबाट भुमिका खेल्ने बिशेष ब्यक्तिहआवद्ध रहेका छन् । त्यस्तै नेपाल बाट अनिता लिम्बू (झापा) जस्मिन राई (धरान) को विशेष सक्रियता रहेको छ ।

सिन्धुपलचोकका पहिरोपीडित महिला र बालबालिकालाई राहत

समुहले सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिकाको नागपुगे,भिमखर्क र च्याङसारमा गएको पहिरोबाट बिचल्लीमा परेका महिलालाई सहयोग गरेको छ ।

टिमका काभ्रे संयोजक शर्मिला तामाङ,काठमाडौं संयोजक किशोरी लामा,सिन्धुपाल्चोक संयोजक सिम्रन मोक्तान लगायतको टिमले त्याहाँका महिलाहरुका लागि महिनावारीको समयमा प्रयोग गर्ने प्याड २१० थान,सुत्केरी महिलाहरुका लागि पेडेक्स प्याड, बालबालिका तथा बिशोरकिशोरीहरुको लागि भित्रि कपडा १३२ थान, बाहिर प्रयोग गर्ने कपडा सेट ५९ थान,आमाहरुका लागि पस्मिना,महिलाहरुका लागि भित्री र बाहिरी वस्त्र,स्याम्पु,साबुन,मास्क लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।

टिममा आबद्ध महिलाहरु र अन्य सहयोगीहरुबाट संकलित सहयोग रकमबाट यी सामाग्रीहरु हस्तान्तरण गरिएको टर्कीबाट सविना श्रेष्ठले जनाईन ।

ईलाम,झापा,मोरङ,सुनसरीमा मास्क बितरणको तयारी

चाहे जुन सुकै समुदायमा होस, एकता भयोभने हरेक काम कार्यहरु सहजै गर्न सकिन्छ भन्ने सकारात्मक सोच बोकेर अगाडि बढेको समुहले अब ईलाम,झापा,मोरङ,सुनसरीमा मास्क बितरणको तयारी गरेको छ ।

कोरोनाको संकट बढिरहेको बेला यस बाट बच्न प्रभावकारी मानिएको मास्क वितरण कार्यको ईलाम जिल्लाबाट थालनी गर्न लागीएको हो । एक जिल्लामा ५०० पिसका दरले ४ जिल्लामा २ हजार मास्क बितरणको तयारी गरिएको झापा जिल्ला सदस्य अनिता लिम्बूले जानकारी दिएकी छन् ।

 

सम्बन्धित खवर