पथरी शनिश्चरे प्रिमियर लिगको उपाधि रोयल किङ्लाई - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

पथरी शनिश्चरे प्रिमियर लिगको उपाधि रोयल किङ्लाई

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा सम्पन्न प्रथम पथरी शनिश्चरे प्रिमियर लिग क्रिकेटको उपाधि रोयल किङ्सले चुमेको छ । आइतबार जिरीखिम्ति स्थित खेल मैदानमा १७७ रनको तार्गेट पछ्याउँदै ब्याटिङ गरेको सात बाघलाई ११ रनले पराजित गर्दै रोयल किङ्सले उपाधि चुमेको हो ।

टस जितेर ब्याटिङ रोजेको रोयल किङ्सले २० ओभरको समाप्तीमा सात बाघका लागी १७७ रनको तार्गेट तय गरेको थियो । रोयल किङ्सका लागी सविन धमलाले सवार्धिक ३८ रन बनाए भने भूपेन्द्र राई २४ रनमा आउट भए। सनम दुलाल १४ बलमा ३१ रन बनाउदै आउट हुदाँ दिपेश श्रेष्ठले २४ रनको योगदान दिए। बलिङतर्फ सात बाघका एम एस राई र रोहन घतानीले समान २–२ विकेट लिए भने केलिन, सुदिप र अनिसले समान १–१ विकेट हात पारे । उपाधि विजेता रोयल किङ पथरीका यूवा व्यवसायी टिका विक्रम चौहानको टिम रहेको छ।

१७७ रनको लक्ष्य सहित मैदान उत्रिएको सात बाघका लागी राकेश राईले ३० बलमा ६० रन बनाए पनि टिमलाई जित दिलाउन पर्याप्त हुन सकेन। सात बाघका लागी एम एस राईले ८ बलमा १७ रन वाहेक अन्य ब्याट्सम्यानले उत्कृष्ट प्रर्दशन गर्न सकेनन्। बलिङतर्फ रोयल किङ्सका सनम दुलाल, आशुतोस र दिपेश श्रेष्ठले समान ३ विकेट लिए भने भूपेन्द्र राईले १ विकेट हात पारे।
लिगको विजेता रोयल किङ्ले नगद ४० हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता सात वाघले नगद १५ हजार र प्रमाणपत्र प्राप्त गरेको छ।

सो प्रतियोगिताको प्रथम पुरस्कार र ट्रफि अन्नपूर्ण अंग्रेजी माध्यमिक विद्यालयले प्रायोजन गरेको थियो भने प्रतियोगिता आयोजना गर्न पथरीशनिश्चरे नगरपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग समेत गरेको आयोजकले जनाएका छन्। सो प्रिमियर लिगमा अक्सनद्धारा खेलाडी छनोट गरिएको थियो भने ३ सय बढि खेलाडीले अक्सनमा सहभागीता जनाएका थिए । क्रिकेट प्रेमी पथरीशनिश्चरेबासी बिदेशी साथीहरूको सहयोग र स्थानीय दाताहरूको चन्दाबाट प्रतियोगिता आयोजना भएको आयोजक समितका अध्यक्ष अरुण राईले बताए ।

पथरी अनलाइनबाट

सम्बन्धित खवर