तेह्रथुममा नेकपाबाट वडासदस्यका उम्मेद्धारसहित १४ जना शिर्ष नेता काङग्रेसमा प्रवेश - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

तेह्रथुममा नेकपाबाट वडासदस्यका उम्मेद्धारसहित १४ जना शिर्ष नेता काङग्रेसमा प्रवेश

साइनो समाचारदाता
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका वाडा नं १ सल्लेरी काङ्ग्रेसमय बनेको छ । नेकपाका १४ जना स्थानिय नेताहरुसहित ८५ जना नेकपा कार्यकर्ता काङग्रेसमा प्रवेश गरेपछि अहिले सिँगो गाउँनै काङग्रेमय बनेको हो ।

२३ औ गणेशमान सिंहस्मृति दिवसका अवसरमा नेपाली काङग्रेस वडा नं १ कार्यसमितिले आयोजना गरेको एक कार्यक्रममा एक १ जना स्थानिय तहमा ४ मतले पराजित भएका तत्कालीन एमालेबाट वडा सदस्यका उम्मेद्धार टेकबहादुर लिम्बु, शिक्षक संगठनका आजिवन टंकप्रसाद निरौला, आजिवन सदस्यहरु कर्णबहादुर लिम्बु, तुलाराम लिम्बु, कमलसिँह भुजेल, कृष्णबहादुर मगर, महाशेर लिम्बु लगायतका नेता कार्यकर्ता काङग्रेस प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस छथर गाउँपालिका वडा नं १ का सभापति अग्नीनारायण भट्टराई, वडा नं १ का वडाध्यक्ष नुमबहादुर मगर लगायतका नेताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नवप्रवेशी टेकबहादुर लिम्बुले छथर गाउँपालीकामा नेकपाको सरकार रहेपनि हालसम्म जनअपेक्षा अनुरुपको कार्य गर्न नसकेको र जनतालाई भ्रममा राख्ने कार्यमात्र गरेको भन्दै अब देशमा काङग्रेसले मात्र जनताको भावना अनुरुपको कार्य गर्ने बताउनुभयो । कार्यक्रममा ने.विसँघ तेह्रथुमका सह–सचिव विदुर बस्नेत, नेपाल शिक्षक संघ छथर गाउँपालिकाका सचिव तुलसि भट्टराई, नेपाली काङग्रेस छथर गाउँपालिका पार्टी सचिव डम्बर भट्राई लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर