पथरीशनिश्चरे प्रिमियर लिग टी २० को फाइनमा सात बाघ र रोयल किंङ भिड्दै - Sainokhabar
  • बुधबार, कार्तिक ०५, २०७७

पथरीशनिश्चरे प्रिमियर लिग टी २० को फाइनमा सात बाघ र रोयल किंङ भिड्दै

साइनो समाचारदाता पथरी/ 

पथरीशनिश्चरेमा जारी पहिलो पथरीशनिश्चरे प्रमियर लिग टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा सात बाघ र रोयल किंङ भिड्ने भएका छन । गत भदौ २५ गते सुरु भएको प्रतियोगितामा ५ टिमले सहभागिता जनाएका थिए । कोरोना कहरको त्रास विश्वब्यापी रुपमा फैलिरहेको बेला पनि आयोजकले दैनिक २ वटा खेलको आयोजना गरि खेलको अन्तिम प्रतिस्पर्धा आइतबार गर्न लागिएको हो । पथरीशनिश्चरे नगरका ५ वटा टिमले अक्सन माध्यमबाट खेलाडी खरिद गरि लिगमा प्रतिस्पर्धा गरेको आयोजक समितिका अध्यक्ष अरुण राईले बताउनु भयो ।


फाइनल खेलमा सात बाघ कीर्तिपुर र रोयल किङ पथरीशनिश्चरे १ बीच हुनेछ । सात बाघ लिगका ४ खेल जित्दै सिधै फाईनल प्रबेश गरेको हो भने रोयल किङ्सले शनिवार भएको सेमिफाईनल खेलमा बुद्ध युनाइटेडलाई पराजित गर्दै उपाधि भीडन्तका लागि छनौट भएको हो । प्रतियोगितामा मंगलबारे लिजेन्ट्स पथरीशनिश्चरे १० र हाइवे सुपर स्टार पथरीशनिश्चरे १ ले पनि लिगमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता अवधिभर लिग चरणमा १० वटा खेल भए । त्यस्तै लिग चरणमा दोस्रो र तेस्रो भएका टिमबाट फाइनल खेल्ने टिमको छनौट भएको छ ।


पथरीशनिश्चरे प्रिमियर लिग विजेताले नगद ४० हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । यस्तै उप विजेतालाई नगद १५ हजार र प्रमाणपत्र प्रदान गरिने आयोजक समितिले जानकारी दिएको छ। प्रथम पुरस्कार र ट्रफि अन्नपूर्ण अंग्रेजी माध्यमिक विद्यालयले प्रायोजन गरेको छ । यस्तै खेल अवधिमा उत्कृष्ट ब्याटिङ गर्ने ब्याट्स मेन,वलरलाई समेत १ हजार नगद सहित पुरस्कृत गरिनेछ । यसैगरी म्यानअफ सिरिज, उत्कृष्ट क्याच, उदयीमान खेलाडीलाई नगद १ हजार सहित पुरस्कार प्रदान गरिनेछ । पूर्वमा पहिलोपटक भएको प्रिमियर लिग टिट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्न पथरीशनिश्चरे नगरपालिकाले १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
पथरीशनिश्चरे नगरमा क्रिकेट मैदान नभएका कारण कानेपोखरी – ७ स्थित जिरिखिम्ती खेल मैदानमा प्रतियोगिता गर्नु परेको आयोजकले जानकारी दिएको छ । पहिलो पटक भएको प्रिमियर लिगमा अक्सनद्धारा खेलाडी छनोट गरिएको थियो भने ३ सय बढि खेलाडीले अक्सनमा सहभागीता जनाएका थिए । क्रिकेट प्रेमी पथरीशनिश्चरेबासी बिदेशी साथीहरूको सहयोग र स्थानीय दाताहरूको चन्दाबाट प्रतियोगिता आयोजना भएको आयोजक समितका अध्यक्ष अरुण राईले बताउनु भयो । टाईटल प्रायोजक अन्नपुर्ण बोडिङले आर्थिक अवस्था कम्जोर भएको जेहेन्दार खेलाडीलाई छात्रवृती प्रदान गर्ने प्रिन्सीपल नारायण कट्टेलले बताउनु भएको छ । प्रतियोगिता सम्पन्न गर्न अनुमान २ लाख ६० हजार रुपैयाँ लाग्ने आयोजकले जानकारी दिएको छ ।

सम्बन्धित खवर