पथरीशनिश्चरे प्रिमियर लिगको टाइटल प्रायोजक अन्नपूर्ण बोर्डिङ - Sainokhabar
  • शनिबार, कार्तिक ०८, २०७७

पथरीशनिश्चरे प्रिमियर लिगको टाइटल प्रायोजक अन्नपूर्ण बोर्डिङ

साइनो समाचारदाता
पथरी । पथरीशनिश्चरेमा जारी प्रथम अन्नपुर्ण प्रिमियर लिग टि २० क्रिकेट प्रतियोगिताको पहिलो संस्करणको पुरस्कार र ट्रफी अन्नपूर्ण बोर्डिङले प्रायोजन गरेको छ । अन्नपूर्ण बोर्डिङले एक कार्यक्रमका विच पथरीशनिश्चरे क्रिकेट संघलाई पहिलो पुरस्कार बापतको राशि र ट्रफि हस्तान्तरण गरेको छ ।
अन्नपूर्ण बोर्डिङ प्रिन्सिपल नारायण कट्टेलले पथरीशनिश्चरे क्रिकेट संघका अध्यक्ष अरुण राई सो नगद र ट्रफि हस्तान्तरण गरेका छन । भदौ २५ गतेदेखि जारी रहेको टि २० क्रिकेट प्रतियोगितामा नगरका ५ टिम सहभागी रहेका छन ।

बोर्डिङका प्रिन्सिपल नारायण कट्टेलले पथरीशनिश्चरेलाई राष्ट्रिय स्तरमा चिनाउन खेलको ठुलो भुमिका रहने बताउदै बोर्डिङ यस्ता सामाजिक उत्तरदायीत्वका विषयमा कहिल्यै पछि नहट्ने बताउनु भयो । बोर्डिङले खेलमा अब्बल रहेका र आर्थीक अवस्थाका कारण शिक्षामा पहुँच नपुगेका खेलाडीहरुलाई विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्ने समेत बताउनु भयो ।
पथरीशनिश्चरे क्रिकेट संघको आयोजनामा भएको फ्रेन्चाइज प्रतियोगितामा पथरीशनिश्चरेका ५ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद रु ४० हजार र ट्रफि प्राप्त गर्नेछन भने उपविजेताले नगद १५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको मुख्य प्रायोजक पथरीशनिश्चरे नगरपालिका रहेको छ । नगरले प्रतियोगिताको लागि नगद १ लाख प्रायोजन गरेको छ । प्रतियोगिता पथरीशनिश्चरेभित्र क्रिकेट मैदान नभएका कारण कानेपोखरी ४ मा रहेको जिरिखिम्ती खेलमैदानमा भैरहेको छ ।

सम्बन्धित खवर