सामाजिक विकास मन्त्री घिमिरे कोरोनामुक्त - Sainokhabar

सामाजिक विकास मन्त्री घिमिरे कोरोनामुक्त

साइनो समाचारदाता
विराटनगर । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । बिहीबार बिहान उहाँको रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि उनी संक्रमणमुक्त भएका हुन् ।

मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । भदौ १३ गतेदेखि कोरोनाको लक्षण देखिएपछि उनी होम आइसोलेसनमा बसेका थिए । यसअघि भदौ २६ गते गरिएको परीक्षणमा उनको रिपोर्ट पुन ः पोजेटिभ आएको थियो । मन्त्री घिमिरेलाई कोरोना पुष्टि हुँदा सामान्य रुघा, खोकीबाहेक स्वास्थ्यमा थप समस्या नदेखिएको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर