कुलमानको पूनर्वहालीको माग गर्दै प्रदर्शन, प्रहरीद्धारा हस्तक्षेप - Sainokhabar

कुलमानको पूनर्वहालीको माग गर्दै प्रदर्शन, प्रहरीद्धारा हस्तक्षेप

साइनो समाचारदाता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनः नियुक्तिको माग गर्दै काठमाडौंको माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । समूह समूहमा माइतीघरतर्फ अघि बढेका प्रदर्शनकारीलाई प्रहरीले सडक छेउमै हस्तक्षेप गरेर लखेटेको हो ।

प्रदर्शनकारीलाई लखेट्न पानीको फोहोरा पनि हानिएको थियो । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ भदौ २९ देखि विदाइ भएका छन् । तर उनलाई पुनः नियुक्ति गर्नुपर्ने भन्दै सडकमा र सामाजिक सञ्जालबाट दबाब बढेको छ । तर सरकारले कोरोना महामारी रोकथामका लागि लगाइएको निषेधाज्ञामा काठमाडौं उपत्यकामा भेला, प्रदर्शन गर्न रोक लगाइएको छ ।

सम्बन्धित खवर

%d bloggers like this: