जीतु नेपाल हैन अब जीत बहादुर नेपाल - Sainokhabar
  • बुधबार, मङि्सर १७, २०७७

जीतु नेपाल हैन अब जीत बहादुर नेपाल

साइनो समाचारदाता
काठमाडौं । हास्य कलाकार जीतु नेपालले सामाजिक संजाल फेसबुकमा आफ्नो नाम परिवर्तन गराएका छन् । मंगलबार राति फेसबुकमा एउटा रमाइलो स्टाटस पोष्ट गर्दै उनले फेसबुकको आफ्नो नाम परिवर्तन गराएका हुन् ।

जीतु नेपालको नाममा धेरै नक्कली फेसबुक एकाउन्टहरु खुलेपछि हैरान भएका जीतुले यसो गरेका हुन् । उनले अहिले आफ्नो वास्तविक नाम (नागरिकता र पासपोर्टमा भएको) जीत बहादुर नेपाल फेसबुकमा पनि राखेका छन् ।

नाम परिवर्तन गर्दै उनले स्टाटसमा लेखेका छन् ‘सबैमा नमस्कार, आजबाट मेरो फेसबुक नाम जीतु नेपालबाट मेरो पासपोर्ट र नागरिकतामा भएको वास्तविक नाम जीत बहादुर नेपाल भएकोले सबैमा जानकारी गराउँदछु । अब कोही पनि नक्कली आइडीबाट न झुक्किनु होला । यो नै मेरो आधिकारिक फेसबुक हो । मलाई एड, फलो गर्नु होला र साथै सरसल्लाह सुझाव दिनुहोला है ।’

जीतुको यो स्टाटस धेरैले लाइक र कमेन्ट समेत गरेका छन् । साना तथा ठुलो पर्दाका समेत सफल कलाकारको रुपमा परिचित जीतु पछिल्लो समय मुन्द्रे कमेडी क्लब नामक कमेडी सोबाट चर्चित छन् ।

सम्बन्धित खवर