घरको छतबाट खसेर एकजनाको मृत्यु - Sainokhabar

घरको छतबाट खसेर एकजनाको मृत्यु

साइनो समाचारदाता
बुटवल । आफ्नै घरको छतबाट खसेर बर्दियामा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनार रहेका छन् ।

आफ्नै एक तले घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका उनको उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर