कोरोनाबाट बेलबारीमा २ जनाको मृत्यु - Sainokhabar

कोरोनाबाट बेलबारीमा २ जनाको मृत्यु

साइनो समाचारदाता
बेलबारी । उपचारका क्रममा मृत्यु भएकी मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ६८ बर्षीया महिलामा कोरोना संक्रमणको पुष्टी भएको छ । बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा पित्त थैलिको अप्रेसनपछि मृत्यु भएकी महिलामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

नोवेल मेडिकल कलेजमै उनको पिसिआर गरीएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए । उनका अनुसार यो सगै बेलबारीमा मृत्यु हुनेको सख्या २ पुगेको छ । यसअघि बेलबारी ५ की एक महिलाको विपि कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान घोपोको कोभिड अस्पतालमा मृत्यु भएको थियो । बेलबारीमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ ।

सम्बन्धित खवर