फुड बैँक सञ्चालक टिमद्धारा आयव्याय सार्वजनिक - Sainokhabar

फुड बैँक सञ्चालक टिमद्धारा आयव्याय सार्वजनिक

साइनो समाचारदाता
पथरी । पथरीशनिश्चरेका युवाहरुद्धारा सञ्चालित फुड बैँक टिमले फुडबैँक सञ्चालनका क्रममा भएको आयव्याय सार्वजनिक गरेको छ । १६ औँ दिनसम्म सञ्चालित फुड बैँकको हिसाव आज सार्वजनिक भएको हो ।

टोलीले ३ हजार २ सय १६ घरधुरिलाई ११ लाख ९३ हजार ५ सय ९१ रुपैयाँ बराबरको राहत वितरण गरेको छ । फुड बैँकलाई बैदेशिक रोजगारमा रहेका नेपालीहरुबाट आएको सहयोग रकम सहित विभिन्न सहयोगि दाताहरुबाट ६ लाख ४४ हजार ७ सय ७ रुपैया राहत सामग्री र ५ लाख ४८ हजार ८ सय ८४ रुपैयाँ नगद सहयोग आएको थियो । फुड बैँक सञ्चालनका क्रममा माक्स तथा सेनिटाइजर वितरण, यातायात खर्च सहित ७२ हजार ४ सय ५५ विविध खर्च भएको फुड बैँक सञ्चालकका एक सदस्य पुष्प लामाले जानकारी दिए ।

फुड बैँक सञ्चालन कार्यक्रम सफल पार्न सबैको साथ र सहयोग रहेको भन्दै फुड बैँक सञ्चालकका एक सदस्य तथा शैक्षीक अभियान्ता प्रदिपकुमार राईले सबैलाई धन्यवाद प्रकट गरे । हाल परिस्थिति सहज बनेको र फुड बैँक सञ्चालन कार्यको समापन गरिएको बताउँदै फुड बैँकका अर्का एक सदस्य सुमन कुरुङवाङले सबैको साथ र सहयोगले थप हौसला प्रदान गरेको र आगामी कार्यहरुमा पनि सबैको साथ र सहयोग रहनेमा ढुक्क रहेको बताए ।

सम्बन्धित खवर