थप ११७० जनामा कोरोना संक्रमण पुष्टि - Sainokhabar

थप ११७० जनामा कोरोना संक्रमण पुष्टि

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ८७८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ । उनीहरुमध्ये २६० जनाको मृत्यु भएको छ भने ३९ हजार ५७६ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ८७९ जना डिस्चार्ज भएका छन् । हाल देशभर १५ हजार ३९३ सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर