आक्रमणकारीलाई कारबाहिको माग गर्दै कैलालीका पत्रकार आन्दोलित - Sainokhabar

आक्रमणकारीलाई कारबाहिको माग गर्दै कैलालीका पत्रकार आन्दोलित

साइनो समाचारदाता
कैलाली । धनगढीस्थित दिनेश सञ्चारगृहमा प्रवेश गरी पत्रकारमाथि आक्रमण गर्ने समूहलाई पक्राउ नगरिएको भन्दै कैलालीका पत्रकारहरू आन्दोलित बनेका छन् । शुक्रबार दिनेश सञ्चार गृहको कार्यालयमा पुगेका १५–२० जनाको समूहले दिनेश खबरका सहसम्पादक जनक विष्टलाई कुटपिट गरेका थिए ।

दिनेश खबर डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सञ्चार गृहमा पुगेको उक्त समूहले व्यवस्थापक अमिता कुँवर र प्राविधिक कल्पना सिंहलाई पनि हातपात तथा दुर्व्यवहार गरेको थियो । उक्त आक्रमणमा संलग्नहरुलाई कारबाहीको माग गर्दै किटानी जाहेरी दिएको तीन दिनसम्म पनि पक्राउ नपरेपछि कैलालीका पत्रकारहरु आइतबारदेखि आन्दोलित बनेका हुन् । सोमबार उनीहरुले जिल्ला प्रशासन कार्यालय अघि एक घण्टा धर्ना दिएका छन् ।

सम्बन्धित खवर