मोरङ (३) ‘क’ को प्रदेश सभापतिमा याक्खाको माग - Sainokhabar

मोरङ (३) ‘क’ को प्रदेश सभापतिमा याक्खाको माग

साइनो समाचारदाता
बेलबारी । मोरङको निर्वाचन क्षेत्र नं.३ (क) को प्रदेश सभापतिमा बेलबारी १० का गंगाबहादुर याक्खाले उमेदवारी दिनुपर्ने माग बेलबारी, पथरीशनिश्चरे र कानेपोखरीका कांग्रेस कार्यकर्ताले गरेका छन् । बेलबारी १० को वडाध्यक्ष समेत रहनु भएका याक्खा बोलीलाई भन्दा कामलाई महत्व दिने कार्यकर्ताको भनाइ छ ।

थीरनाथ सम्फुल माविमा अध्ययन गर्दा २०४८/४९ सालमा नेविसंघको कार्यकर्ता भएर राजनीति सुरु गर्नु भएका याक्खाले धेरै वटा सामाजिक संघ संस्थामा नेतृत्वदायी भुमिका निर्वाह गर्नु भएको छ । हालसम्म कुनै प्रकारका बिबादमा नपर्नु भएका याक्खाको यही गुणका कारण उहाँलाई सभापति बनाउनु पर्ने बेलबारी १० का मदन भण्डारी बताउनु हुन्छ । भण्डारी भन्नुहुन्छ – ‘उहाँ पार्टीमा मात्रै होइन, अन्तरपार्टीमा पनि लोकप्रिय हुनुहुन्छ । त्यसैले उहाँले बेलबारी १० को वडाध्यक्ष जित्नुभयो । उहाँको जीतले मात्रै भए पनि कांग्रेसले छाति फुलाउन पायो ।’

याक्खा थोरै बोल्नु हुन्छ, तर जति बोल्नु हुन्छ । बोलेको काम गरेरै छोड्नु हुन्छ ।भाउन्ने युवा क्लबको अध्यक्ष हुँदा होस या सिर्जना सामुदायिक बनको अध्यक्ष हुँदा । उहाँले पुरै भाउन्ने र डाँगीहाटबासीको मन जित्नु भयो ।स्थानीय धर्मेन्द्र लिम्बू संस्मरण गर्नुहुन्छ “क्लब स्थापना,दर्ता ,जग्गा प्राप्ति र जग्गामा भबन निर्माणको काममा याक्खाले आफ्नो अगुवाइ गर्नुभयो ।” क्लब स्थापना भएसँगै युवाहरू खेलकुदमा ब्यस्त भए । प्रतियोगिता हरु निरन्तर हुन थाले । क्लब अझैसम्म चलिरहेको छ ।

१२ ओैं महाधिवेशनमा कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेपछि याक्खा पार्टीको राजनीतिमा ओैपचारिक रुपमा प्रवेश गर्नुभएको हो । १३ ओै महाधिवेशनमा साविक डाँगीहाट ४ को उप सभापतिको जिम्मेवारी पाउनु भएका गंगाबहादुरले राज्य पुनसंरचना पछि डाँगीहाट ४ र १ मिलेर बनेको बेलबारी नगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसबाट वडाध्यक्षको टीकट पाउनु भयो । याक्खाले टिकट मात्रै पाउनु भएन । चुनाव नै जित्नुभयो ।

सिर्जना सामुदायिक बनको अध्यक्ष भएर १३ महिना काम गर्दा याक्खाले भुमाफियाले वर्षाैं देखि ओगटेको सरकारी जमिन फिर्ता दिलाउनुभयो । समुहले काम गरेपनि याक्खा ले जग्गा फिर्ता गर्ने काममा उल्लेखनीय भुमिका निर्वाह गरेको स्थानीय उपभोक्ता बताउँछन् । झन्डै २२ बिगाहा जमिन भुमाफियाले आफ्नो नाममा दर्ता गरेका थिए । त्यो जग्गा प्राप्तिका नाममा हरेक वर्ष सामुदायिक वनले ८ लाख बढी रुपैयाँ खर्च गर्थ्यो । बनमा याक्खाको प्रवेशले जग्गा फिर्ता मात्रै आएन, बर्सेनि हुने लाखौं खर्च पनि हुन छोड्यो । याक्खा कै कार्यकालमा बन समुदायलाई हस्तान्तरण भयो ।

पार्टीमा गुटगत राजनीति पटक्कै मन नपराउने याक्खा नेपाली कांग्रेसको नेता भएकोले उहाँलाई सभापति बनाउनु पर्ने धारणा राख्नुहुन्छ ,स्थानीय हरिलाल पुरी । पुरीले भन्नुभयो – वडाध्यक्ष हुँदा उहाँले सबैलाई मिलाएर काम गर्नु भएको छ।त्यस्तै पार्टीमा पनि उहाँको भुमिका बिबाद रहित हुने आशा गरेका छौं । बेलबारीमा मात्रै होइन,पथरीशनिश्चरे र कानेपोखरीमा पनि याक्खालाई सभापति बनाउनुपर्छ भन्ने कार्यकर्ताको संख्या बढ्दै गएको छ । नागरिकको काम नगर्ने ,भाषण र आश्वासन बाढ्ने भन्दा बोलेको कुरा पुर्याउने नेता नै आजको माग हो,पथरीशनिश्चरेका एक कार्यकर्ताले भन्नुभयो ।

वीवीएस सम्मको अध्ययन पूरा गर्नु भएका ४१ वर्षीय याक्खाले साथीहरूले सभापतिमा उठ्न प्रेरित गरिरहेको बताउनु हुन्छ । उहाँले भन्नुभयो – राजनीतिमा प्रवेश गरेपछि पार्टीको कुनै न कुनै जिम्मेवारीमा मा रहनै पर्छ ।आम साथीहरू, अग्रज अभिभावकहरु र शुभेच्छुकहरुले सभापति मै उठ्नु पर्छ,भनिरहनु भएको छ । उहाँले कुनै नेता विशेष र गुट विशेषलाई बलियो बनाउने भन्दा कांग्रेस पार्टीलाई संगठित र बलियो बनाउने आफुसँग खाका रहेको समेत बताउनुभयो ।धेरै हल्ला गरेर पार्टी बलियो हुँदैन । कार्यकर्ता र साधारण सदस्यहरुको हुनसक्ने काम सहजरूपमा गरिदिन सक्नुपर्छ ।

सम्बन्धित खवर