प्रदेश नं १ मा थपिए ४६ जना संक्रमित - Sainokhabar

प्रदेश नं १ मा थपिए ४६ जना संक्रमित

साइनो समाचारदाता
विराटनगर । आइतबार प्रदेश नं १ मा थप ४६ जना संक्रमित थपिएका छन् । थपिने संक्रमितहरुमा मोरङमा ४१, खोटाङ, उदयपुर र झापा १–१ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा नयाँ ३८ जनामा संक्रमण देखिएको छ । १८ महिला र २० जनाको रिपोर्ट पोजेटिभ आएको हो । मोरङको धनपालथानमा २ पुरुष, कटहरीमा १ पुरुषमा संक्रमण देखिएको छ ।

खोटाङको साकेला गाउँपालिकामा १ पुरुष, उदयपुरको स्थानीय तह नखुलेका १ पुरुष, झापाको शिवसताक्षीमा १ महिला र प्रदेश १ बाहिरका १ महिला र १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ७४२ पुगेको छ ।प्रदेश १ मा आइतबार ७ जना डिस्चार्ज भएका छन् । उनीहरु सबै मेची अस्पताल झापाबाट डिस्चार्ज भएका हुन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या २ हजार ६३ पुगेको छ । प्रदेश १ मा आइतबार ५ सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २० महिला र २६ पुरुष रहेका रहेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ७ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित खवर