पथरीमा संचालित फुड बैंकको समापन, हजारौँ मजदुर लाभान्वित - Sainokhabar

पथरीमा संचालित फुड बैंकको समापन, हजारौँ मजदुर लाभान्वित

साइनो समाचारदाता पथरी/  
लामो समयको लकडाउका कारण पथरीमा स्थापना गरिएको फुट बैंक लकडाउन खोले संगै बन्द गरिएको छ । भाद्र १२ गते बाट मोरङ्गको पथरी शनिश्चरेमा संचालन भएको फुड बैंकले १६ औँ दिनसम्म अभियान संचालन गरेको छ । लकडाउनका कारण रोजगारीबाट बन्चीत परिवारलाई दैनिक हात मुख जोड्न समस्या परेका कारण फुट बैकको स्थापना गर्नु परेको संयोजक प्रदिप कुमार राईले बताए ।

फुड बैंकले नगरका १० सै वडामा पुगेर राहत वितरण गरेको थियो । राहत सहयोग संकलन तथा वितरणका लागि पथरीशनिश्चरे–१० स्थित वडा कार्यालयमा बैंक स्थापना गरेको थियो । नगरका दैनिक २ सय देखि ५ सय घर परिवारलाई भाद्र १२ गते देखि ५ केजि चामल, दाल, नुन, तेल वितरण गर्दै आएको थियो । १६ दिन सम्म चलेको अभियानमा देश विदेश तथा विभिन्न संघ संस्थाबाट ठुलो सहयोग प्राप्त भएको थियो ।

निस्वार्थ समाजसेवाको भावना सहित नगरमा स्थापित विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा निम्न आर्यस्रोत भएका दैनिकी ज्यालामजदुर गर्ने अति विपन्न परिवारको लागि निकै ठूलो राहत पुगेको थियो । उक्त अभियानका लागि विभिन्न पक्षबाट सहयोग जुटेको र नगरका धेरै विपन्न परिवारले रहत महसुस गरेको अभियानका आर्थिक संयोजक सुमन कुरुङवाङले बताउनु भयो ।


“हुनेले दिने नहुनेले लाने” ‘हामी छौं त केवल एक अर्काका लागि छौं’भअभियानका साथ हाम्रो फाउण्डेशन, गरिमा अनलाइन, प्रतिभा समाज सुधार युवा क्लब, भूटानी शिविर व्यवस्थापन समिति लगायतका संघ संस्थाहरुको व्यवस्थापनमा ‘फुड बैंक’ स्थापना गरिएको थियो ।
फुट बैंकको भाद्र १२ गते पथरीशनिश्चरेकी उपप्रमुख यमुना विष्ट वास्तोला लगायत गर्नु भएको थियो । फुट बैंक अभियानमा संकलन भएको सहयोग र वितरण गरिएको सहयोगको हिसावकिताव एक कार्यक्रमका विच सार्वजनिक गरिने अभियानमा संलग्न भुवन थापाले जानकारी दिनु भयो।
फुड बैंकले १५ दिनका दिन रक्तदान कार्यक्रम समेत गरेको थियो । लक डाउनका कारण अस्पतालमा रगत अभावलाई टार्न रेड्क्रसको प्राबिधिक सहयोगमा ८८ प्रिन्ट रगत संकलन गरेको थियो ।

सम्बन्धित खवर