प्रदेश १ मा थपिए १२१ संक्रमित - Sainokhabar

प्रदेश १ मा थपिए १२१ संक्रमित

साइनो समाचारदाता
विराटनगर । बिहीबार प्रदेश नं १ मा थप १ सय २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका संक्रमितहरुमा मोरङमा ४७, सुनसरीमा ४५, झापामा १४, संखुवासभामा १२, उदयपुरमा १ र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश राजधानी विराटनगरमा ३२ जनामा संक्रमण देखिएको छ । १२ महिला र २० पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको धनपालथानमा १ महिला ८ पुरुष, रंगेलीमा २ पुरुष, ग्रामथानमा १ महिला १ पुरुष, सुनबर्षीमा १ पुरुष, बुढीगंगामा १ महिलालाई कोरोना देखिएको छ । सुनसरीको धरानमा ३ महिला २० पुरुष, दुहवीमा ७ महिला १ पुरुष, इटहरीमा १ महिला ५ पुरुष, कोशी गाउँपालिकामा ५ पुरुष, इनरुवामा २ पुरुष र गढीमा १ पुरुषमा कोरोना पुष्टि भएको छ ।

उता झापाको दमकमा ६ महिला ३ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, विर्तामोडमा १ महिला १ पुरुष, कनकाईमा १ महिला, संखुवासभाको चैनपुरमा १ महिला १० पुरुष, धर्मदेवीमा १ पुरुष, उदयपुरको चौदण्डीगढीमा १ महिला र प्रदेश १ बाहिरका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार ६१९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । कोरोनाका कारण विराटनगरकी एक महिलाको मृत्यु भएको हो ।

हालसम्म प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । प्रदेश १ मा बिहीबार ६६ जना डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ चतराधामबाट ३९, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १६, मेची अस्पताल झापाबाट १० र होम आइसोलेसनबाट १ जना डिस्चार्ज भएका छन् । प्रदेश १ मा बिहीबारसम्म २ हजार १९ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा बिहीबार ९ सय ३० जनाको पीसीआर परीक्षण भएको छ । परीक्षण भएका मध्ये ३७ महिला र ८४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा बिहीबारसम्म १ लाख ५ हजार ७ सय ७४ जनाको पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

पूर्वेली न्यूज

सम्बन्धित खवर