आफ्नै नेताले एनजिओ खोल्न लागेको नेकपा कार्यकर्ताको गुनासो - Sainokhabar

आफ्नै नेताले एनजिओ खोल्न लागेको नेकपा कार्यकर्ताको गुनासो

साइनो समाचारदाता
इटहरी । सुनसरीको इटहरीमा आफ्ना नेताहरु नै एनजीओ खोल्न लागेको भन्दै नेकपाका कार्यकर्ताहरुले गुनासो गर्न थालेका छन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकर्ता समेटेर नेकपा इटहरी इञ्चार्ज केशब विष्टको अध्यक्षतामा पुर्वेली समाज नामक एनजिओ खोल्ने अभियान रहेको भन्दै नेकपा भित्र नयाँ विवाद समेत सुरु भएको छ । नेकपा इटहरी नगर सदस्य अर्जुन पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा विरोध गर्दै एक स्टाटस समेत लेखेका छन ।

पार्टीलाइ कार्यकर्ताको सपोर्ट भन्दा ठुलो केहि नहुने भन्दै एनजिओको पछाडि नलाग्न नेतृत्वलाइ उनले सुझाव समेत दिएका छन । उनका अनुसार पार्टीलाइ ब्याक सपोर्ट हुने भन्दै हल्ला फिजाएर पार्टीकै तहगत कार्यकर्ता भेला पारेर एनजिओ खोल्नुको अर्थ के हो ? भनेर प्रश्न समेत गरेका छन ।

सम्बन्धित खवर