प्रदेश नं १ मा थप १ सय ५५ जनामा कोरोना संक्रमण - Sainokhabar

प्रदेश नं १ मा थप १ सय ५५ जनामा कोरोना संक्रमण

साइनो समाचारदाता
विराटनगर । प्रदेश नं १ मा बुधबार थप १ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङमा ८०, सुनसरीमा ६०, भोजपुरमा ५, धनकुटामा ४, झापामा ३, ताप्लेजुङ, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बुधबार विराटनगरमा ७० जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएकामा ३० महिला र ४० पुरुष छन् । मोरङको लेटाङमा १ महिला ३ पुरुष, पथरीशनिश्चरेमा ३ पुरुष, उर्लाबारी र सुन्दरहरैचामा १–१ पुरुष, ग्रामथानमा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता सुनसरीको धरानमा १३ महिला ९ पुरुष, इटहरीमा ९ पुरुष १३ महिला, इनरुवामा ४ महिला १२ पुरुष, भोजपुरको षडानन्दमा १ महिला ४ पुरुष, धनकुटाको चौविसेमा १ महिला २ पुरुष, धनकुटा नगरपालिकामा १ पुरुष, झापाको कमलगाउँपालिका र कनकाईमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला, ताप्लेजुङको मेरिङदेनमा १ महिला, उदयपुरको त्रियुगामा १ पुरुष र प्रदेश १ बाहिरका १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४ हजार ४१२ पुगेको छ । प्रदेश १ मा बुधबार ३६ जना डिस्चार्ज भएका छन् । जिल्ला अस्पताल धनकुटाबाट १४, जीवन विकास आधारभुत विद्यालय धनपालथानबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट ५ र होम आइसोलेसनबाट ४ जना डिस्चार्ज भएका हुन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।प्रदेश १ मा बुधबार १ हजार ३७० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ६३ महिला र ९२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार हाल सम्म १ लाख ३ हजार ३३३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित खवर