इलाका प्रहरी कार्यालय पथरीका थुनुवासहित ३ जनामा कोरोना - Sainokhabar

इलाका प्रहरी कार्यालय पथरीका थुनुवासहित ३ जनामा कोरोना

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा थप ३ जनामा कोरोना भाइरस देखिएको छ । पछिल्लो पटक क्वारेन्टिनका २८ सहित ८७ जनाको पीसीआर स्वाब परीक्षणमा इलाका प्रहरी कार्यालय पथरीका १ जना थुनुवासहित ३ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमितहरुमा अर्का १ जना क्वारेन्टिनका र १ जना समुदायका ब्यक्ति पनि रहेको  नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्यले जनाउनु भयो । उनीहरुलाई कोभिड अस्पताल गोठगाउँमा पठाइएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको ८७ जनाको स्वाबमा ३ जनाको रिपोर्ट पुःन परीक्षण गरिने भएकाले उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ ।

इलाका प्रहरी कार्यालय पथरीमा रहेका सबै थुनुवाहरुको पिसिआर परिक्षण भइसकेको र पछिल्लो ६ जनाको रिपोर्टमा १ जनालाई कोरोना पुष्टि भएको इलाका प्रहरी कार्यालयका डिएसपि दिलिपकुमार गिरिले बताए । संक्रमित थुनुवासँगको सम्पर्कमा रहेको अन्यलाई पनि नगरपालिकासँगको सहकार्यमा सबैको पिसिआर परिक्षण गरिने उनले जनाए । नगर प्रमुख दिलीपकुमार राईले कोरोना संक्रमणबाट बच्न भौतिक दूरी कायम गर्दै स्वास्थ्य सतर्कता अपनाउन नगरवासीमा अनुरोध गर्नुभएको छ ।

सम्बन्धित खवर